२६ असार २०८३, शुक्रबार

जलमग्न रौतहटको एक घरमा फसे दुई सय सर्वसाधरण, उद्धार प्रयास जारी

कात्तिक २०, २०७४
जलमग्न रौतहटको एक घरमा फसे दुई सय सर्वसाधरण, उद्धार प्रयास जारी

रौतहट, २८ साउन– गाउँमा बाढी पसेपछि रौटहटमा दुई सय भन्दा बढी सर्वसाधारण एउटा घरमा फसेका छन् ।
बाढी आएको र पानीको वहाब निकै बढेपछि सुरक्षित स्थानमा जान लागेका उनीहरु तीन तले एक घरको छतमा रहेका छन् ।

पानीको सतह निरन्तर बढी रहेको र बहाव बढी भएका कारण उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घरको छतमा रहेका उनीहरुको तत्काल उद्धार नगरिए अवस्था भयावह हुने भन्दै जिल्ला प्रशासनले गृहमन्त्रालयलाई जानकारी गराएको छ । गृहसँग हेलिकप्टरमार्फत उद्धार गर्न आग्रह गरिएपनि पानी परिरहेको कारण र मौसमका कारण समस्या आउने सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लालबकया नदीले तटवन्ध फुटेपछि उक्त स्थानमा पानीको बहाव बढेको छ । अन्य स्थानमा पनि पाँच फिट भन्दा धेरै पानी जमेको छ जसका कारण पैदल हिड्न समस्या परेको छ भने पानीको बहाव धेरै भएका कारण ढुंगामा पनि यात्र गर्न सकिने अवस्था नरहेको रौतहट प्रहरीले जनाएको छ ।

बाढी र डुवान पीडितको उद्धारका लागि यसअघि नेपाली सेना र जनपद प्रहरीमात्र खटाइएकोमा अब भने सेनालाई पनि खटाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्