११ साउन २०८३, सोमबार

अध्यक्ष लिङ्देनले गरे ३ वटा पुलको शिलान्यास

मंसिर १४, २०७९
अध्यक्ष लिङ्देनले गरे ३ वटा पुलको शिलान्यास
फाइल फोटो

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधवार एकैदिन ३ वटा पुलको शिलान्यास गरेका छन् ।

राप्रपा अध्यक्ष समेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे ।

विक्रम संवत् २०८१ मंसिर ५ गते निर्माण सम्पन्न हुने गरी ४ करोड ६७ लाख ९४ हजार ८७८ रुपैयाँमा ३ वटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

पालिको वडा नम्बर १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव ७ मिटर लम्बाइको, वडा नम्बर ३ को भुसुडी खोलामा २६ दशमलव ८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव ८ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्