
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आएका छन् ।
पार्टीको दस्तावेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे आएका हुन् ।
सुकुटेमा अध्यक्ष दाहालले र्याफ्टिङ समेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटा लगायत बुधवार सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् ।
काठमाडौंबाट करीब २ घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो समेत रहेको छ ।