काठमाडौँ, २९ साउन- सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेका थिए । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीसग सोही आग्रह गरेका थिए ।
‘परराष्ट्रमन्त्रीज्यूले भारतीय राजदूतलाई नेपालको चासो स्पष्ट रूपमा राख्नुभएको छ, भारतले सहयोग गर्ने आश्वासन दिएको छ,’ महराका प्रेस संयोजक हरि लामिछानेले भने । भारतीय दूतावासले भारततर्फ सबै ढोका खुला भएको दाबी गरेको छ । तर, शनिबार राति अबेरसम्म पनि भारतबाट कोसी बा“धका ढोका खोलेको थिएन, नयाँ पत्रिकामा खबर छ ।