×

NMB BANK
NIC ASIA

नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान

मंसिर १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम नेपालगञ्ज र कैलालीको जानकी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ । 

Muktinath Bank

जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्‍घाटन कार्यक्रम सो कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवी कठरीयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवी कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई अभियानका लागि छनौट गर्नुभएकोमा सिभिल बैंकलाई धन्यबाद दिनु भयो । यसले यस भेगका नागरिकलाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने कुरा बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेसकुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरीपोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक सुरतबहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बिष्ट, स्थानीय बुद्धिजिवि मोहन उपाध्याय, टीकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री, जानकी अटो सेवाका अध्यक्ष तथा अटोचालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वरप्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Vianet communication
Laxmi Bank

त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यासलेस अभियानको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उपनिर्देशक छवीलाल घिमिरे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्दप्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरु र मीडियाकर्मीको सहभागिता थियो । 

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुबिधासँगै सुरक्षा प्रदान गरेको कुरा कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका् उपमेयर कमोरद्दिन राईले बताए । 

जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्टले चर्चा गरे ।  

सिभिल बैंकले २०१९ अगस्टदेखि सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख शहरसम्म गरी चालीस हजारभन्दा बढी क्यूआर मर्चेन्टलाई आवद्ध गरिसकेको वैंकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x