०८ साउन २०८३, शुक्रबार

नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान

मंसिर १८, २०७९
नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान

सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम नेपालगञ्ज र कैलालीको जानकी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ । 

जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्‍घाटन कार्यक्रम सो कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवी कठरीयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवी कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई अभियानका लागि छनौट गर्नुभएकोमा सिभिल बैंकलाई धन्यबाद दिनु भयो । यसले यस भेगका नागरिकलाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने कुरा बताए । 

कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेसकुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरीपोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक सुरतबहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बिष्ट, स्थानीय बुद्धिजिवि मोहन उपाध्याय, टीकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री, जानकी अटो सेवाका अध्यक्ष तथा अटोचालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वरप्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यासलेस अभियानको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उपनिर्देशक छवीलाल घिमिरे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्दप्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरु र मीडियाकर्मीको सहभागिता थियो । 

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुबिधासँगै सुरक्षा प्रदान गरेको कुरा कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका् उपमेयर कमोरद्दिन राईले बताए । 

जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्टले चर्चा गरे ।  

सिभिल बैंकले २०१९ अगस्टदेखि सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख शहरसम्म गरी चालीस हजारभन्दा बढी क्यूआर मर्चेन्टलाई आवद्ध गरिसकेको वैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्