२७ जेठ २०८३, बुधबार

सशस्त्र प्रहरीमा ४२ सय कर्मचारी थप्ने तयारी, अर्थमन्त्रालयमा पुग्यो फाइल

मंसिर १८, २०७९
सशस्त्र प्रहरीमा ४२ सय कर्मचारी थप्ने तयारी, अर्थमन्त्रालयमा पुग्यो फाइल

सशस्त्र प्रहरी बलमा ४ हजार २ सय कर्मचारी थप्ने तयारी गरेको छ । लामो समयदेखि तल्लोतहसम्म कर्मचारी नथपिएकाले अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)देखि जवानसम्म ४२ सय कर्मचारी थप्न लागेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले लोकान्तरलाई बताए । 

‘हामीले थप कर्मचारीका लागि तालुख मन्त्रालय पठाइसकेका छौं’, ती अधिकारीले भने । थप गर्ने कर्मचारीको दर्जाअनुसारको फाइल अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले स्वीकृति दिएपछि गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्ले दरबन्दी थप गर्नेछ ।

सशस्त्रमा १५÷१६ वर्षदेखि सशस्त्र प्रहरीको निरीक्षक (इन्स्पेक्ट)मा जाम भएर बसेकाले त्यसलाई खुलाउन कर्मचारी वृत्तिविकासका लागि दरबन्दी थपको प्रस्ताव पठाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सशस्त्र प्रहरी बलमा अहिले ४ डीआईजीको पद रिक्त छ । डीआईजीमा रिक्त ४ सिटमा बढुवा हुन सिसम–१ र सिसम–२ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्