२९ जेठ २०८३, शुक्रबार

अनमोलको ‘छड्के २’को ‘सुटिङ क्लिप’ टिकटकमा !

मंसिर १८, २०७९
अनमोलको ‘छड्के २’को ‘सुटिङ क्लिप’ टिकटकमा !

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को सुटिङको दृश्य टिकटकमा सार्वजनिक भएको छ । युट्युबमा समेत उक्त दृश्य ‘छ्यापछयाप्ती’ भेट्न सकिन्छ । 

सार्वजनिक उक्त दृश्यलाई चलचित्रको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको छ । निगम श्रेष्ठको लेखन एवं निर्देशन रहेको चलचित्रको यतिबेला मनाङमा सुटिङ भइरहेको छ । सुटिङ हेर्न पुगेका दर्शकले चलचित्रको दृश्य खिचेर टिकटकमा सार्वजनिक गरेका हुन् । 

सार्वजनिक दृश्यमा अभिनेता अनमोल केसी हातमा तरबार लिएर प्रस्तुत छन् । दृश्यमा अर्का अभिनेता रविन तामाङको भने संवादमात्र सुन्न सकिन्छ । अनमोल र रविनबीचको संवाद भिडियोमा समावेश छ । 

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको ‘छड्के २’ फागुन १९ गतेदेखि प्रदलर्शनमा आउँदैछ । पछिल्लो समय टिकटकमा चलचित्रको सुटिङको दृश्य सार्वजनिक हुने क्रम बढेको देखिन्छ । जसका कारण चलचित्रको कथावस्तुको गोपनीयता हराउन थालेको छ । यसअघि ‘छक्का पञ्जा ४’, ‘नाईं नभन्नू ल ६’लगायत चलचित्रको महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्