माघ १८, २०७९
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
काठमाडाैं | मंसिर १८, २०७९
नयाँ बन्ने प्रतिनिधिसभामा दलहरूको आकारको मोटामोटी खाका आइसकेको छ । आइतवार दिउँसोसम्म जारी दोलखाको मत गणनाले प्रत्यक्षतर्फ नेकपा एमाले या माओवादी केन्द्रको एक सीट बढाउने छ ।
प्रत्यक्षमा ५७ सीटसहित कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ भने राम्रै हैसियतसहित एमाले दोस्रो पार्टी बन्दैछ । समानुपातिकतर्फ कांग्रेसभन्दा एमालेले एक सीट बढी पाउने अहिलेसम्मको आँकडाले देखाएको छ ।
प्रतिनिधिसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नयाँ सत्ता समीकरणको गृहकार्य शुरू भएको छ ।
पहिलो दल बनेको नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धनलाई कायम राख्दै सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको छ ।
नयाँ सरकारको नेतृत्वका लागि आशा गरे पनि माओवादीले नेतृत्वका लागि बलियो दाबी पेश गर्न सकेको छैन ।
प्रत्यक्षतर्फको लज्जास्पद नतिजाका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि मुख फोर्न सकेका छैनन् ।
प्रत्यक्षमा १७ सीट जितेको दलले प्रधानमन्त्री दाबी गर्नु प्रचण्ड स्वयंले भन्ने गरेको राजनीतिक स्थिरताको मर्म र राजनीतिक नैतिकताविपरीत हुन्छ ।
यसो भन्दैमा प्रचण्ड प्रधानमन्त्री बन्ने तृष्णालाई आदर्शवादी बनेर तिलाञ्जली दिन किमार्थ तयार हुने छैनन् । पार्टीको निरन्तरको ओरालो यात्रा तथा राजनीतिमा नयाँ पुस्ताको आक्रामक हस्तक्षेपका कारण अर्को चुनावबाट प्रधानमन्त्री बन्ने भ्रम उनलाई छैन ।
फेरि नेपालमा तेस्रो बनेका दलले प्रधानमन्त्री चलाएका कयौं उदाहरण छन् । २०७० सालको संविधानसभामा तेस्रो दलको नेताको हैसियतमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । २०६४ मा तेस्रो दल एमालेले दुई पटकसम्म सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो ।
तेस्रोपटक प्रधानमन्त्री बन्ने आकांक्षा पूरा गर्न अहिलेको संसदीय समीकरण प्रचण्डका लागि अनुकूल बन्दैछ, चाहे १७ सीट जितेको किन नहोस् । सरकार गठनका लागि फेरि पनि माओवादी नै ‘किङमेकर’ बन्दैछ । चीरपरिचित प्रतिस्पर्धी कांग्रेस र एमाले मिलेर सरकार बनाउने अपवाद अवस्थाबाहेक दुवै गठबन्धनका लागि सरकार बनाउन माओवादीको साथ जरुरी हुन्छ ।
प्रत्यक्षमा १७ र समानुपातिकको १४ गरी प्रतिनिधिसभामा माओवादीले ३१ सीट पाउने देखिएको छ । भविष्यमा पार्टी एकता गर्ने तयारी गरेको नेकपा एस समेत मिसिँदा त्यो संख्या ४१ पुग्छ । र, माओवादी त्यागेर एमाले प्रवेश गरेका, एमालेको टिकट त्यागेर स्वतन्त्र चुनाव जितेका प्रभु साहका दुई स्वतन्त्र सांसद समेत थपिँदा आफूसँग ४३ सांसदको शक्ति रहने बुझाइमा प्रचण्ड देखिन्छन् ।
प्रधानमन्त्रीको रहर, मुख खोल्न डर !
चुनावअघि नै मंसिर ४ पछिको प्रधानमन्त्रीमा सुनिश्चितता खोजेका प्रचण्डका लागि चुनावी नतिजा अनुकूल आएन ।
चुनावअघि प्रचण्डको एउटै धोको थियो, प्रत्यक्षतर्फ एमालेले भन्दा एक सीट भए पनि धेरै जित्ने । स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा एमाले खुम्चिने धेरैको आकलन थियो ।
५ महिनाको बीचमै स्थानीय र प्रतिनिधिसभा निर्वाचनको नतिजामा उलटफेर भयो । नयाँ राजनीतिक शक्तिको प्रवेशले देशैभर समीकरण बदलियो । माओवादीले प्रत्यक्षतर्फ ३० भन्दा माथि सीट जित्ने प्रचण्डको आकलन थियो । चुनावी नतिजाले त्यस्तो आकांक्षालाई फेल खुवाइदियो ।
चुनावी नतिजाले प्रचण्ड विलखबन्दमा छन् । प्रधानमन्त्री दाबी गर्नका लागि जनमत आफ्नो पक्षमा छैन, फेरि धैर्य गर्ने अवस्था पनि छैन ।
सत्ता गठबन्धनमा सिधै प्रधानमन्त्री दाबी गर्न नसकेपछि प्रचण्डले नयाँ सरकारका लागि एमालेसँग पनि तालमेल गर्न सक्ने निर्णय पदाधिकारी बैठकबाट गराएका छन् ।
सरकार गठनका लागि सबैसँग कुरा गर्ने भन्ने माओवादी निर्णयप्रति नेकपा एमालेकै नेताहरू विश्वस्त छैनन् । केवल गठबन्धनमा बार्गेनिङ पावर बढाउन प्रचण्डले नयाँ स्टन्ट गरेको एमाले नेताहरूको बुझाइ छ ।
सरकारको नेतृत्व दाबी गर्नुभन्दा प्रतिपक्षमै बस्नुपर्छ भन्ने आवाज पनि माओवादीमा छ, तर सत्ताको लत लागिसकेको माओवादी नारायणमान बिजुक्छेंको पार्टी जस्तो आदर्श प्रतिपक्ष बन्न राजी छैन ।
ओली प्रचण्ड मिल्ने दुई कारण
प्रतिनिधिसभामा विजयी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ८ गते प्रचण्डलाई फोन गरेका थिए– बधाई साटासाटका लागि । ओलीले शेरबहादुर देउवा र राजेन्द्र लिङदेनलाई पनि फोन गरेका थिए ।
बधाई साटासाट गर्नका गरिएको कुराकानीलाई प्रचण्डले संवादको थालनीको रूपमा भन्दा पनि बार्गेनिङ टुल्सका रूपमा प्रयोग गरेको एमालेको आरोप छ ।
तर, एमालेले अहिल्यै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिहाल्ने स्थिति देखिएको छैन । माओवादीलाई खियाएरै सिध्याउनु पर्छ भन्ने लाइन एमालेमा अहिले 'प्रिभेल' गरिरहेको छ । यो अवस्थामा पनि माओवादीसँग मिल्नु पर्ने बाध्यता भने एमालेलाई पनि छ ।
प्रधानमन्त्री मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता महत्त्वपूर्ण पदको भागबण्डा अबको केही हप्तामा हुँदैछ । राज्यका महत्त्वपूर्ण पदमध्ये एउटै पनि नलिई बस्नुपर्ने अवस्था आउन नदिन माओवादीसँग मिल्नुपर्ने बाध्यता एमालेलाई रहेको हो ।
सबै पद गुमाउनुभन्दा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर माओवादीसँग तालमेल गर्न एमाले तयार हुन सक्छ । समानुपातिकमा लोकप्रिय मत ल्याएको एमालेले आफूलाई पहिलो दलकै रूपमा व्याख्या गरेको छ । सत्ताविहीन बन्न राजी नभएको एमाले माओवादीसँग मिल्ने पहिलो आधार यही हो ।
२०७४ सालको चुनावमा वामपन्थी गठबन्धन बनाएर जनतामा जाँदा एमाले र माओवादी दुवैलाई फाइदा भएको थियो । छुट्टा–छुट्टै भिड्दा दुवैले प्रत्यक्षमा झण्डै आधा गुमाए । भोट ट्रान्सफर नभएको प्रचण्डको गुनासो रह्यो । दुई कम्युनिस्ट मिल्दा झण्डै दुईतिहाइको सफलता पाएको र फुट्दा शक्तिहीन भएको यथार्थलाई विश्लेषण गर्न सक्दा प्रचण्ड र ओली मिल्न सक्ने दोस्रो आधार तयार हुन्छ । निरन्तर खिइँदै गइरहेको पार्टी (एक प्रकारले भन्दा ट्वीनटर विमान) नभई जेटकै ककपिटमा बस्ने प्रचण्डको महत्त्वकांक्षा छ ।
ओली–प्रचण्ड मिल्न नसक्ने तीन कारण
सैद्धान्तिक रूपमा धेरै भिन्नता नरहेको, विगतमा एउटै पार्टी बनाएर काम गरेको अनुभव हुँदाहुँदै पनि एमाले र माओवादी मिल्नका लागि केही अप्ठ्यारा छन् । पहिलो र मुख्य कारण नेतृत्वकर्ताको इगोको लडाईं हो । केपी ओली र प्रचण्ड दुवै नेताले एकले अर्काको अस्तित्वलाई सहज रूपमा स्वीकार्दैनन् ।
२०७७ पुस ५ गतेको प्रतिनिधिसभा विघटन र फागुन २३ गते सर्वोच्चको आदेशले नेकपा विभाजन भएपछि यी दुई नेताले एकले अर्कालाई भन्न केही बाँकी राखेका छैनन् । स्वःनिर्णय नभई कसैको इशारामा चल्ने अस्थिर पात्रको रूपमा ओलीले प्रचण्डको आलोचना गर्ने गरेका छन् । दम्भ र अहंकारले भरिएको नेताको रूपमा प्रचण्डले ओलीलाई दोषारोपण गर्दै आएका छन् ।
‘एउटा जंगलभित्र दुई शेर’ रहन सक्दैनन् भन्ने उखान नै यीनीहरूको हकमा लागू हुन्छ । तर, इगो बिर्सेर एउटा आत्मालोचनाको वक्तव्य जारी गरेर रातारात यी दुई नेता मिले भने उनीहरूको पार्टीमा कसैले यसविरुद्ध आवाज उठाउने अवस्था भने छैन ।
लुकाउनु पर्ने कारण छैन– एमाले र माओवादी तत्काल मिल्न नसक्ने अर्को कारण अन्तर्राष्ट्रिय प्रभाव पनि हो । नेपालमा कस्तो सरकार बनाउने भन्ने पूरै निर्णय नेपालका राजनीतिक दलले मात्र गर्न सकेका छैनन्, सक्दैनन् ।
चुनावलगत्तै विभिन्न देशका राजदूतहरूले सक्रियता बढाइसकेका छन् । नेपालको राजनीतिमा प्रत्यक्ष चासो र हस्तक्षेप गर्न सक्ने देशले चुनावअघि नै अमूक दललाई गठबन्धनमा ल्याउने र अर्कोलाई हटाउने निर्णय गराउन सफल भएको थियो । ‘चुच्चे नक्सा’ भन्दै ओलीले नेपालमा उठाइरहेको राष्ट्रियताको एजेन्डा दक्षिणले मन पराएको छैन ।
अर्कातिर कुनै नेता उपचारका लागि उत्तरतिर लाग्दा कम्युनिस्ट कार्यकर्ताहरू उत्साही हुन्छन्, कारण– चीनले नेपालका कम्युनिस्टलाई मिलाइदिन्छ कि भन्ने आशा । कांग्रेस–माओवादीलाई एकै ठाउँमा मिलाउन भूमिका खेलेका शक्तिकेन्द्रहरू तत्काल एमाले र माओवादी सहकार्यमा बाधक हुन सक्छन् । ओली प्रचण्ड तत्काल मिल्न नसक्ने दोस्रो कारण यही हो ।
तेस्रो कारणचाहिँ वाम एकता गर्नुपर्छ भन्ने नेताहरू एमालेमा कर्नरमा पारिँदै आएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले धक्का महसूस गरेलगत्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ‘डिजास्टर भयो, वामपन्थी मिलौं’ भनेर अभिव्यक्ति दिए । गुरुङको त्यो अभिव्यक्तिलाई एमाले संस्थापनले सहजरूपमा स्वीकार गरेन ।
उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि वामपन्थी एकता र माओवादीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । उनीहरूको भनाइलाई केपी ओली सुन्दैनन् ।
नेपाल दुईदलीय ध्रुवीकरणमा गयो र अन्य दल कांग्रेस–एमालेका स्याटेलाइट हुन् भन्ने महासचिव शंकर पोखरेलको लाइनलाई ओलीले मलजल गरिरहेका छन् ।
यो पृष्ठभूमिमा तत्कालै एमाले र माओवादी मिलेर सरकार बनाउने सम्भावना कम छ । त्रिशंकु संसदको चरित्रका कारण पाँच वर्षभित्र एमालेकै नेतृत्व या माओवादीको नेतृत्वमा यी दुई दल सम्मिलित सरकार गठन हुने सम्भावनालाई भने नकार्न सकिँदैन ।
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
म्यान्मारमा दुई वर्षअघि भएको सैन्य कूले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । त्यतिखेर सेनाको कदमका विरुद्ध भएको राष्ट्रव्यापी प्रदर्शन अहिले गृहयुद्धमा परिणत भएको छ । म्यान्मार सेनाले विरोध...
लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ । गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजन...
सूचनाको हकसम्बन्धी ऐनको दफा २७ मा केही संवेदनशील सूचनाहरू छन् भने त्यसलाई संरक्षण गर्नका लागि वर्गीकरण गर्न सकिने व्यवस्था छ । तर, त्यो व्यवस्था गर्नका लागि मुख्यसचिवको अध्यक्षतामा कुन मन्त्रालयसँग सम्बन्धित सूचना हो, ...
अमेरिकाको परराष्ट्र मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमण सकेर सोमवार भारततर्फ गएकी छन् । यस भ्रमणमा नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ...
राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनमा खटपट आउला भन्ने चर्चा भइरहेका बेला गृहमन्त्रीको विवादले समस्या पारेको छ । नागरिकता अवैध ठहर भएपछि पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्र...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...