२८ जेठ २०८३, बिहीबार

पोल्याण्ड विश्वकपबाट बाहिरियो, फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

मंसिर १८, २०७९
पोल्याण्ड विश्वकपबाट बाहिरियो, फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति अल थुमामा रंगशालामा भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोलले पराजित गरेको हो । 

फ्रान्सका लागि एम्बापेले २ गोल गरे भने जिरोडले १ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा जिरोडले गोल गर्दा ७४ औं मिनेटमा एम्बापेले अर्को गोल गरे । यस्तै खेल सकिन केही मिनेट अघि फेरि एम्बापेले अर्को गोल थप्दै पोल्याण्ड ३–० को अवस्थामा पुर्याए ।

तर, लगत्तै फ्रान्सका खेलाडीले ह्याण्ड गरेपछि पोल्याण्डले पेनाल्डीको अवसर पायो । त्यसलाई सदुपयोग गर्दै लेवान्डोस्कीले गोल गनेपनि त्यो पोल्याण्डका ल्यागि पर्याप्त भएन । हारसँगै पोल्याण्ड अन्तिम १६ बाटै घर फर्किन बाध्य भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्