२६ जेठ २०८३, मंगलबार

आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी समीक्षा हुने

मंसिर १९, २०७९
आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी समीक्षा हुने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न आज सोमवार सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सोमवार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाबारे समीक्षा हुने बताइएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । 

नेकपा एकीकृत समाजवादीले १० स्थानमा जीत निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४, राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएको छ ।

बैठक हुने समयबारे भने केही बताइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्