दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४८६ मतको अग्रता कायम गरेका छन् ।
कार्कीले ३६ हजार २९१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पाएका छन् । मतगणना जारी छ ।