२७ जेठ २०८३, बुधबार

बागलुङमा सुन लुट्ने २ जना पक्राउ

मंसिर १९, २०७९
बागलुङमा सुन लुट्ने २ जना पक्राउ

सुनका गरगहना चोरी गरेको आरोपमा बागलुङबाट २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बागलुङले तमानखोला गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसिखोला गाउँपालिकाका १९ वर्षीय चुमान पुनलाई गत शुक्रवार पक्राउ गरेको हो । 

प्रहरीले पूर्णबहादुरले तमानखोला गाउँपालिका–४ ८६ वर्षीय ख्रमती छन्त्यलाले लगाएको घाँटीको सिक्री लुटपाट गरेको जनाएको छ । पुनलाई मंसिर १५ गते निसिखोला–१ बस्ने जुना रानाको काठको बाकसमा रहेको ३ तोला सुन चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्