२९ जेठ २०८३, शुक्रबार

भारतमा टाटा कारको मूल्य बढ्यो, नेपालमा आगामी महिनामा बढ्न सक्ने

मंसिर १९, २०७९
भारतमा टाटा कारको मूल्य बढ्यो, नेपालमा आगामी महिनामा बढ्न सक्ने

भारतीय बजारमा टाटा कारको मूल्य बढेको छ । यस्तो कारको मूल्यमा सामान्य वृद्धि भएका भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । भारतमा मूल्य बढेका कारण नेपालमा पनि आगामी महिनाबाट टाटा कारको मूल्य बढ्न सक्ने भएको छ ।

गत नोभेम्बर ७ बाट टाटा कारमा औसत ०.९ प्रतिशतले वृद्धि भएको टाटा मोटर्सले जनाएको छ । यस्तो मूल्यवृद्धिले मोडल र भेरिएन्टले मूल्यमा फरक पार्ने भएको छ । टाटाका अनुसार, समग्र इन्पुट मूल्यमा नै ठूलो वृद्धि भएकोले कारको मूल्यमा सामान्य वृद्धि गरिएको हो ।  

टाटा मोटर्सले सन् २०२२ को एकै वर्षमा चौथो पटक मूल्यवृद्धि गरेको हो । जनवरी, अप्रिल र जुलाईमा गरी यस अघि तीन पटक मूल्य बढिसकेको छ । यसअघि पटक–पटक मूल्य बढेको भए पनि समग्र इन्पुट मूल्यमा वृद्धि भएकाले एकै वर्षमा चारपटक मूल्य बढाउनुपरेको टाटा मोटर्सको भनाइ छ । 

टाटाले भारतमा कारको मूल्य बढाएको भए पनि नेपाली बजारमा भने अहिलेसम्म मूल्य वृद्धि गरिएको छैन । 

टाटा मोटर्स भारतको सबभन्दा सफल अटो कम्पनीमध्ये एक हो । उसका विद्युतीय कारहरू अघिल्लो वर्षको तुलनामा १५७ प्रतिशत बढीले बिक्री भएको छ । टाटा भारतको अग्रणी विद्युतीय कार कम्पनी हो । यो कम्पनीसँग विद्युतीय गाडीहरूको विशाल लाइनअप छ । 

त्यसो त टाटा मोटर्सले हरेक त्रैमासमा मूल्य परिमार्जन गर्ने पनि गरेको छ । यसले पछिल्लो पटक गत नोभेम्बरमा समग्र इन्पुट लागतका कारण मूल्य वृद्धि गरेको कम्पनीले बताएको छ । यस्तो मूल्यअनुसार ७ नोभेम्बरदेखि लागू हुने गरी टाटाका कोही गाडीहरूमा ३० हजार भारुसम्म बढाएको थियो । 

लामो समयसम्म सवारी स्टक नहुने भएको र नेपालमा पनि आगामी जनवरी २०२३ देखि भने मूल्य बढ्न सक्ने टाटा मोटर्स नेपालले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्