×

NMB BANK
NIC ASIA

पाकिस्तानविरुद्धको शृंखलाको पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी

मंसिर १९, २०७९

NTC
Premier Steels

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्ट ७४ रनले जितेको छ । 

Muktinath Bank

रावलपिण्डीमा सोमवार सकिएको टेस्टमा इंग्ल्यान्ड विजयी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस खेलमा इंग्ल्यान्डले अनेकौं कीर्तिमान कायम गरेको छ । टेस्टको पहिलो दिन ५०० भन्दा रन बनाउने अनि चारजना ब्याट्स्म्यानले पहिलो दिनमै शतक बनाउने कीर्तिमान इंग्ल्यान्डले कायम गरेको हो । 


Advertisment
Nabil box
Kumari

टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ६५७ रनको विशाल स्कोर खडा गरेको थियो । उसका लागि ह्यारी ब्रूकले १५३, ज्याक क्रलीले १२२, ओली पोपले १०८ र बेन डकेटले १०७ रन बनाएका थिए । 

Vianet communication

जवाफमा पाकिस्तानले पनि सुदृढ प्रदर्शन गर्दै ५७९ रन बनायो । उसका तीनजना ब्याट्स्म्यानले शतक बनाए । कप्तान बाबर आजमले १३६, इमाम उल हकले १२२ र अब्लुल्लाह शफिकले ११४ रनको योगदान गरे । इंग्ल्यान्डका विल ज्याक्सले १६१ रन खर्च गरी ६ विकेट हात पारे । 

ब्याट्स्म्यानहरूको स्वर्ग भन्न सकिने पिचमा कुनै रिजल्ट नआई टेस्ट बराबरीमा टुंगिने खतरा थियो । तर इंग्ल्यान्डले दोस्रो इनिङमा बहादुरीपूर्वक सात विकेटको क्षतिमा २६४ रन बनाएर इनिङ डिक्लेयर गर्‍यो । बराबरीको नतिजा कुनै हालतमा ननिकाल्ने, जीतका लागि नै प्रयास गर्ने इंग्ल्यान्डको रणनीति हो । 

पाकिस्तानलाई ३४३ रनको लक्ष्य दिएको इंग्ल्यान्डले कसीकसाउ बलिङ गर्दै हराएको हो । पाकिस्तानले जम्मा २६८ रन बनाउन सक्यो । ओली रोबिन्सन र जेम्स एन्डरसनले चार–चार विकेट लिए । 

शृंखलाको दोस्रो टेस्ट मुल्तानमा शुक्रवारबाट शुरू हुनेछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x