२८ जेठ २०८३, बिहीबार

बाढी-पहिरोको प्रकोप : ४९ जनाको मृत्यु दर्जनौं हराए

कात्तिक २०, २०७४
बाढी-पहिरोको प्रकोप : ४९ जनाको मृत्यु दर्जनौं हराए

काठमाडौं, २९ साउन– केही दिनयता लगातकार परेको वर्षाका पछि आएकोे बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जना भन्दा बढीको ज्यान गएको छ ।

सरकारी तथ्यांक अनुसार बाढी र पहिरोमा परेर ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यो संख्या बढ्न सक्ने गृह मन्त्रालयका अधिकारीहरुले जनाए ।

बाढी र पहिरोमा परि दर्जानौं मानिस घाइते तथा वेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार सुनसरी ८, रौतहट७, मकवानपुर ६, मोरङ५ सिन्धुली ४ बाँके ३, सुर्खेत ३ सर्लाही २ झापा २ दाङ २ जनाको ज्यान गएको छ भने वारा, धनुसा, पाल्पामा एक एक जनाको ज्यान गएको छ ।

अविरलको वर्षापछि पूर्वी तराई नराम्रोसँग प्रभावित भएको छ भने ती स्थानमा विद्युत आपूर्तिसमेत बन्द भएको छ । बाढीले झापा, मोरङ, सुन्सरी र सप्तरीको अधिकांश स्थान जलमग्न भएको छ ।

कोशी व्यारेमा पानीको सतह उच्च भएको छ । जसका कारण त्यसक्षेत्र डुवानमा परेको छ । इटहरी लगायतका सहर पनि डुवेका छन् ।

बर्दियाका अधिकांश भूभाग डुवानमा परेका छन् । त्यस्तै धनुषामा पनि सायैं घर डुवानमा परहेका छन् ।

वर्षाले सडकमार्ग अवरुद्ध

निरन्तरको वर्षापछि आएको बाढी र पहिलो देशका पहाडी क्षेत्रका सडक क्षतविक्षत भएका छन् । मुख्य नाका मुग्लिन नारायणगढ सडकखण्ड शनिबार दिउँसो देखि खुल्न सकेको छैन भने पूवी जिल्ला जोड्ने वीपी राजमार्ग पनि अवरुद्ध छ । यस्तै हटौडा जोड्ने सिस्नेरी सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छ । त्यस्तै दाङप्रवेश गर्ने मार्गमा समेत क्षति भएको छ ।

सरकारको आग्रह

गृहमन्त्रालयले अविरलको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण जीवन कष्ठकर भएको भन्दै उद्धार र राहतमा जुट्न सवैमा आग्रह गरेको छ । मन्त्रालयले बाढी र पहिलोका जोखिम अझै रहेको भन्दै सजग रहन सवैमा शनिबार आग्रह गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्