×

NMB BANK
Dabur

बहस राजनीतिक ध्रुवीकरणको

को हो वामपन्थी समीकरणको तगारो ?

कम्युनिस्टहरू मिल्दा सरकार बनाउन सहज, संसद्को बलियो दल बन्न सक्ने सम्भावना

मंसिर १९, २०७९

NTC
Premier Steels
Marvel

मंसिर ८ मा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर बधाई दिएपछि राजनीतिक वृत्त तरङ्गित भएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

२०७८ को असार २९ मा प्रधानमन्त्री पद गुमाएर ओली बालकोट फर्किएपछि प्रचण्ड र ओलीबीच यो दोस्रोपटकको टेलिफोन संवाद थियो जसले वामपन्थी दलका नेता कार्यकर्तालाई निमेषभरकै लागि भए पनि त्राण दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा आउन थालेपछि नै वामपन्थी समीकरणको हावा सुसाउन थालेको थियो । त्यो हावाको गतिमा ओली–प्रचण्ड संवादले बेग थपेको थियो । 


Advertisment
SBL

आरोप प्रत्यारोपमा पुगेको दुई पार्टीका नेताहरूको सम्बन्ध सुधारिनका लागि आइसब्रेक भएको अर्थका रूपमा कतिपयले व्याख्या गरेका थिए । तर, पछिल्ला दिनमा एमाले र माओवादी केन्द्रका नेताहरूबीचमा संवाद अपेक्षाकृत ढंगले अघि बढेको छैन ।

Vianet communication
Laxmi Bank

ओलीले प्रचण्डलाई गरेको टेलिफोनलाई माओवादी केन्द्रले सत्ता गठबन्धनमा बार्गेनिङ टुल्सको रूपमा प्रयोग गरेको भन्दै एमाले अध्यक्ष ओलीनिकट नेताहरू रुष्ट छन् । 

एमालेको सचिवालय तहमा रहेका ओलीनिकट एक नेताले भने, ‘संवाद शुरू होस् भनेर नै अध्यक्षले टेलिफोन गर्नुभएको हो । तर, प्रचण्डले त्यसलाई सत्ता गठबन्धनमा प्रधानमन्त्री पद बार्गेनिङ बलियो बनाउने उद्देश्यले सचिवालयबाट प्रचार गराउनुभयो ।’

तर, एमालेमा दोस्रो र तेस्रो तहका बहुसंख्यक नेताहरू भने राजनीतिक स्थायित्व र विकासका लागि कम्युनिस्टहरू मिलेर सरकार बनाउनुपर्ने पक्षमा छन् । त्यसलाई उनीहरूले नेतृत्व समक्ष स्पष्टरूपमा मुखरित गर्न सकेका छैनन् ।

नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ सरकार बनाउने विकल्पमा छलफल भइरहेको बताउँछन् । ‘कम्युनिस्ट एकताको पक्षमा पहल भइरहेको छ ।  हामी पनि सबै विकल्पमा छलफल गरिरहेका छौं’, उनले भने ।

नेकपा एमालेमा वामपन्थी समीकरणको सरकार बनाउनुपर्ने र प्रतिपक्षमा रहने मत राख्ने दुई खेमा देखिएको छ ।

यता माओवादी केन्द्रमा पनि सरकारको नेतृत्व गर्ने गरी वामपन्थी समीकरण बनाउन लाग्नुपर्ने बलियो मत छ । त्यसबारेमा गत शनिबार माओवादी केन्द्रको पदाधिकारी बैठकमा खुलेर छलफल भएको थियो । 

बैठकमा भएको छलफल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूमाझ चुहाइदिएका थिए । माओवादी केन्द्रले सरकार गठनको सबै विकल्प खुला राख्ने भनेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको थियो ।

माओवादी मात्रै होइन, एकीकृत समाजवादीमा पनि पार्टीको विचार र नीति स्पष्ट गरेर अघि बढ्नुपर्ने आवाजले आकार लिइरहेको छ । 

चुनावी प्रयोजनका लागि गठबन्धन बनेको र अब पनि त्यसमै रहिरनुपर्छ भन्ने आवश्यकता नरहेको एकीकृत समाजवादीका नेताहरूले बताउन थालेका छन् ।

चुनावमा मतदाताले वामपन्थी दलहरूको हैसियत परिभाषित गरिदिएपछि यति बेला उनीहरूको अवस्था भित्रभित्रै मन पराएका तर, अभिव्यक्त गर्न नसकेका युवा युवतीको सम्बन्ध जस्तो बन्न पुगेको छ । 

नेकपा एमालेमा नै वामपन्थी समीकरणको सरकार बनाउनुपर्ने र प्रतिपक्षमा रहने मत राख्ने दुई खेमा देखिएको छ । अध्यक्ष ओलीसँग असाध्यै निकट रहेका नेताहरू आवश्यक परे प्रतिपक्षमा रहनुपर्ने तर्क गर्छन् । तर, अर्को खेमा भने वामपन्थी समीकरण बनाएर सरकार बनाउनुपर्ने पक्षमा छ । 

वामपन्थी पृष्ठभूमिको समीकरण हुँदा संसदमा १३२ सीटको शक्ति बन्छ । एमालेले प्रत्यक्षतर्फ ४४ सीट जितेको छ । अहिलेसम्मको मत हेर्दा एमालेले समानुपातिकतर्फबाट ३३ सीट थप्ने देखिन्छ । यसरी एमालेले संसदमा ७७ सीट पुर्‍याउने अवस्था छ ।

माओवादी केन्द्र प्रत्यक्षमा १८ सीट र समानुपातिकमा १४ सीट गरेर संसदमा ३२ सीटसहितको तेस्रो शक्तिकोरूपमा रहने देखिन्छ । त्यसैगरी, एकीकृत समाजवादीसँग १० सीट, एमालेसँगै तालमेल गरेर चुनाव लडेको जनता समाजवादी पार्टीसँग १२ सीट छ । जसपा कम्युनिस्ट शक्ति नभए पनि यसका एजेन्डा र अध्यक्ष उपेन्द्र यादवको झुवाक कम्युनिस्टसँगै नजिक देखिन्छ ।

यी सबै शक्तिको कार्यगत एकता हुँदा १३१ सीट हुन्छ । अर्को वामपन्थी दल राष्ट्रिय जनमोर्चाको समर्थन लिँदा अर्को एक सीट थपिन्छ । सरकार बनाउन कम्तीमा १३८ सीट संख्या पुर्‍याउनुपर्छ । बाँकी सीटका लागि अन्य दलहरूसँग सहकार्यको आवश्यकता पर्छ । जुन सम्भव छ ।

एमाले, माओवादी र एकीकृत समाजवादीका कतिपय नेताहरू यही हिसाबकिताब गरेर वामपन्थी समीकरणको प्रयास थाल्नुपर्ने पक्षमा छन् । तर, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल भने अझै पनि माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति सकरात्मक छैनन् । सचिवालयमै रहेका कतिपय नेताहरू भने वामपन्थी समीकरण बनाउन प्रयास गर्नुपर्ने पक्षमा छन् । उनीहरूले अप्रत्यक्षरूपमा वामपन्थी एकताको पक्षमा तर्क प्रस्तुत गरिरहेका छन् । 

केपी शर्मा ओली

एमाले अध्यक्ष ओलीसँग निकट मानिने उपमहासचिव रिमाल भन्छन्, ‘एमालेलाई सिध्याउन एमालेकैविरुद्ध चुनाव लडेका माओवादी केन्द्र र एकीकृत समाजवादीको मिसन पूरा हुन दिनुपर्छ । एउटा कोर्ष त पूरा हुनुपर्‍यो नि । उहाँहरूको मिसन पूरा भयो कि भएन हामीलाई थाहा छैन । जबसम्म उहाँहरू एउटै मिसनमा बाँधिएर दौडिइरहनुहुन्छ त्यतिबेला हामीले वामपन्थी समीकरण भन्नु बेकारको परिकल्पना जस्तो भएन र ?’ वामपन्थी समीकरण बन्नका लागि माओवादी केन्द्र कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आउनुपर्ने ओली निकट नेताहरूको तर्क छ ।

गठबन्धनबाट फर्किएर आए नयाँ सम्भावनाका बारेमा छलफल गर्न सकिने रिमालले बताए । उनले भने, ‘हिजो जे भयो भयो अब फ्रेस स्टार्ट गरौं भन्ने हो भने सबै पोका पन्तुरा फुक्न पनि सक्छन् । त्यसबेला एमाले–माओवादी, एमाले र माधव नेपालजीको पार्टीको बीचमा कस्तो सम्बन्ध रहने भन्ने बारेमा छलफल हुन सक्ने भयो ।’

एमालेका महासचिव पोखरेल हावी भएर बनाइएको राजनीतिक लाइनप्रति एमालेका दोस्रो र तेस्रो तहका नेतामा असन्तुष्टि देखिन थालेको छ । वामपन्थी समीकरण बनाउनका लागि अध्यक्षले नै पहलकमदी लिनुपर्नेमा अहिलेसम्म तदारूकता नदेखाउनु उचित नभएको उनीहरूको विश्लेषण छ । वामपन्थी समीकरण बन्न सक्दा केन्द्रदेखि प्रदेशसम्मका सरकार र राजनीतिक नियुक्तिमा एकलौटी हुने सम्भावना देखेका दोस्रो तहका नेताहरूले शीर्ष तहमा दबाब बढाइरहेका छन् ।

पोलिटब्यूरो तहका एक एमाले नेता भन्छन्, ‘विगतका सबै कुरा बिर्सिएर अब नयाँ शिराबाट सोच्नुपर्ने बेला आएको छ । यसमा नेतृत्वले नै पहलकदमी लिने हो । टेलिफोन गरेर संवाद गरेको राम्रो थियो । त्यसपछि प्रगति हुन सकेन ।’

एमालेमा नेतृत्व तहका केही नेताहरूले राखेको माओवादी केन्द्र र एकीकृत समाजवादीप्रतिको आग्रहपूर्ण प्रतिशोध नै वामपन्थी समीकरणको अवरोधक रहेको पोलिटब्यूरो तहका ती नेता बताउँछन् ।

‘अझै पनि उहाँहरूमा निषेधको सोच छ । त्यसरी, सधैं निषेध गरेर जान सकिँदैन । त्यही सोचकै कारण वामपन्थी शक्तिको ओरालो यात्रा शुरू भएको हो । यसमा पुनर्विचार गर्न आवश्यक छ’, ती नेताले भने । 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पनि वामपन्थी समीकरण बन्ने अनुकूल समय रहेको बताउँछन् ।

‘कोशिश गर्ने हो भने वामपन्थीको सरकार एमालेको नेतृत्वमा बन्न सक्छ । त्यो सम्भावना छ । त्यसका लागि भेटघाट छलफल गर्नुपर्‍यो । एमालेको अध्यक्षले माओवादी केन्द्रको अध्यक्षलाई टेलिफोन गरेको भन्ने समाचार आएको छ । पार्टी अध्यक्षले पहलकदमी लिएको राम्रो हो । उहाँले केही न केही गरिरहनुभएकै होला । पार्टीको बैठक नबसेकाले हामीले विस्तृतमा कुरा गर्न पाएका छैनौं ।’

वामपन्थीहरू एकजुट हुन नदिने मुख्य कारक नेतृत्वले राख्ने इगो र पूर्वाग्रह रहेको एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरू स्वीकार्छन् ।

‘वामपन्थी समीकरणको अवरोधक वामपन्थीहरूभित्रै रहेको आग्रह–पूर्वाग्रह हो । वामपन्थीहरू झगडा गरिरहनुपर्ने, समाप्त हुनुपर्ने होइन । मिल्नसके वामपन्थी शक्तिले देश चलाउने हो । नभए, अरूले नेतृत्व गर्छन्’, ज्ञवालीले भने ।

निर्वाचनपछि नयाँँ परिणाम र नयाँ परिस्थिति आएकाले त्यसअनुसार नेतृत्वले पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्ने उनले बताए । 

‘नयाँ परिणाम आइसक्यो, नयाँ परिस्थिति बनिसक्यो, आग्रह पूर्वाग्रह राखेर मुलुक चल्दैन । यसमा नेताहरूले पुनर्विचार गर्नुपर्छ’, ज्ञवाली भन्छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ भने वामपन्थी समीकरणको विरोध र विपक्षमा लागेका कम्युनिस्टभित्रकै शक्तिका कारण सहकार्य हुन नसकेको बताउँछन् । ‘वामपन्थी समीकरणको विरोध र विपक्षमा लाग्नेहरू छन् । उनीहरूको सोच र एजेन्डा वामपन्थीका पक्षमा छैनन्’, गुरुङले भने ।

उता माओवादी केन्द्रमा भने वामपन्थी समीकरणको सरकार बनाउँदा पनि प्रचण्डकै नेतृत्वमा सरकार बनाउने गरी पहल गर्नुपर्ने मत हावी छ ।

माओवादी केन्द्रले सत्तारूढ गठबन्धनमा पनि सरकारको नेतृत्वमै दावी गर्ने रणनीति बनाएको छ ।

प्रचण्ड

माओवादी नेताहरूले नेतृत्वलाई सके सरकारको नेतृत्व गर्ने नभए प्रतिपक्षी बेञ्चमा बसेर संगठन निर्माणमा लाग्नुपर्ने सुझाव दिएका छन् । 

निर्वाचनको समीक्षा गर्न भनेर शनिबार र आइतबार बोलाइएको बैठकमा सरकार गठनका विषयमा पार्टीको रणनीति बनाउन अध्यक्ष प्रचण्डले पदाधिकारीहरूबाट सुझाव लिएका थिए । त्यसबेला, कतिपय पदाधिकारीले वामपन्थी शक्तिको सरकार बनाउन एमालेसँग पनि छलफल गर्न तयार हुनुपर्ने भनेका थिए ।

माओवादी केन्द्रले सरकारको नेतृत्व पाउनुपर्ने भनेर गर्ने दाबीमा एमालेका नेताहरू सहमत छैनन् । समानुपातिक मतको आधारमा एमाले ठूलो दल रहेकाले सरकारको नेतृत्व एमालेले नै गर्नुपर्ने दाबी एमाले नेताहरूको छ । 

तर, प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकार्न तयार भइसकेका छैनन् । आफू प्रधानमन्त्री हुने अवस्थामा भने प्रचण्ड एमालेसँग कार्यगत एकताका लागि तयार हुने माओवादी केन्द्रका नेताहरू स्वीर्काछन् ।

मिलेर जाने हो पहिला नेतृत्वमा रहेको इगो समाप्त गर्नुपर्ने हुन्छ ।

एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीमा रहेको अहंकार नै वामपन्थी समीकरण नहुने प्रमुख अवरोधक हो । उहाँ माओवादी र एकीकृत समाजवादीको अस्तित्व स्वीकार्ने पक्षमै हुनुहुन्न ।’

एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीमा रहेको अहंकार नै वामपन्थी समीकरण नहुने प्रमुख अवरोधक हो । उहाँ माओवादी र एकीकृत समाजवादीको अस्तित्व स्वीकार्ने पक्षमै हुनुहुन्न ।’

सानो दलले सरकारको नेतृत्वमा दाबी गर्न नहुने एमालेका नेताहरूको भनाइ छ । एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘साना दललाई मतदाताले सरकारको नेतृत्व गर्न अनुमति नै दिएका छैनन् । साना दलले सरकारको नेतृत्व खोज्नु भनेको देशलाई थप अस्थिरतातिर लैजाने उपाय मात्रै हो । एमालेको नेतृत्वमा वामपन्थी सरकार बनाउन साना दल तयार हुनुपर्छ ।’

खासगरी, ओली र प्रचण्डले एकअर्काको नेतृत्व नस्वीकार्ने प्रवृत्ति पनि वामपन्थी समीकरणको अवरोध रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

वामपन्थी पृष्ठभूमिका राजनीतिक विश्लेषक नारायण ढकाल भन्छन्, ‘नेताहरूले आफ्नो राजनीतिक सुरक्षामा बढी ध्यान दिन्छन् । अहिले दुवै दलमा (एमाले र माओवादी) अर्कोलाई नेतृत्व दिन नेताहरू नै तयार देखिँदैनन् । एकअर्कालाई नस्वीकार्ने प्रवृत्ति नेतृत्वमा देखिन्छ ।’ 

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने एमाले अध्यक्ष ओली नेतृत्वमा नरहँदा एमाले, माओवादी र एकीकृत समाजवादी तत्काल एक भइहाल्न सक्ने बताउँछन् । ‘वामपन्थीहरूको समीकरण बन्न सक्ने तार्किक सम्भावना देखिन्छ । तर, व्यवहारमा हेर्दा केपी ओली तयार नहुँदासम्म सम्भव देखिँदैन । उनीबाहेक अरू त अहिल्यै कम्युनिस्ट एकताका लागि तयार नै छन् नि ।’

दलहरूभित्रको आन्तरिक समस्यामा खेलेर बाह्य शक्तिहरूले पनि वामपन्थी समीकरणमा तगारो हालिरहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले दाबी गरे ।

‘वामपन्थी सहकार्य हुने एजेन्डा, सोच, विचार र लाइनको आधारमा हो । वामपन्थी एकता नचाहने विरोधी शक्ति पनि छन्’, उनले भने ।

तर, अहिल्यै माओवादी केन्द्रले वामपन्थी समीकरण बनाउने बारेमा छलफल नगरेको उनको दाबी छ ।

‘हामी भर्खर निर्वाचनको समीक्षा गरिरहेका छौं । सरकार बनाउने विकल्पमा छलफल भएको छैन । आवश्यक परेको बेलामा छलफल गर्छौं ।’

 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

कात्तिक २३, २०८०

मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारवि...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x