१७ असार २०८३, बुधबार

पोखरा महानगरपालिकाद्वारा २४ वटा फर्मलाई स्टार्टअप अनुदान

मंसिर १९, २०७९
पोखरा महानगरपालिकाद्वारा २४ वटा फर्मलाई स्टार्टअप अनुदान

पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी अन्तरगत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र (इबीक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत उनीहरूलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय स्टार्ट अप अनुदान प्रदान गरेका हुन् ।

महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा÷महिला÷वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्