०३ असार २०८३, बुधबार

तीव्र गतिमा सवारी साधन चलाउने ३९ चालक कारवाहीमा

मंसिर २०, २०७९
तीव्र गतिमा सवारी साधन चलाउने ३९ चालक कारवाहीमा
फाइल तस्बिर

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउने ३९ चालकलाई कारबाही गरेको छ । काठमाडौँको विभिन्न स्थानमा सोमबार दिउँसो गरिएको चेकजाँचका क्रममा सो संख्याका सवारी साधानका चालकलाई कारबाही गरिएको हो । 

यस्तै विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, माईक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई पनि कारबाही गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एंव प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि कारवाही गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्