
काठमाडौं, २९ साउन — भुइँकटहर पाचक तत्त्वले भरिएको, शरीरलाई छिट्टै ताजा बनाउने, हृदय र मस्तिष्कलाई शक्ति दिने, कीरा मार्ने र स्फुर्ति दिने फल हो । गर्मीमा भुइँकटहर खाँदा ताजा र चिसो भइन्छ ।

आयुर्वेदका ग्रन्थहरूमा यसको गुणको व्यापक चर्चा गरिएको छ । यसको सेवनबाट धेरै फाइदा हुने र बल पाइने भनी लेखिएको छ ।
पेटमा अजीर्ण भएमा पाकेको भुइँकटहरका साना टुक्रा पारेर वीरेनून र मरिचको धूलोमा चोप्दै खानुस् ।
पेटमा कीरा परेको छ भने एक हप्तासम्म भुइँकहर खानुहोला । पेटमा प्रायः कीरा परिरहने बच्चालाई भुइँकटहर खुवाउने गर्नुस् ।
रजस्वला अनियमित भएमा दिनदिनै भुइँकटहरको रस पिउँदा लाभ हुन्छ ।
अनुसन्धान अनुसार दिनमा तीनचोटि भुइँकटहर खाँदा आँखा तेज हुन्छ ।
एजेन्सी