रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार क्राइमिया पुलमा गाडी चलाएका छन् ।
मुख्यभूमि रुसलाई क्राइमियासँग जोड्ने उक्त पुलमा गत अक्टोबर महिनामा आतंकवादी आक्रमण भएको थियो । आक्रमणका कारण पुलमा क्षति पुगेको थियो र अहिले पनि मर्मतको काम चलिरहेको छ ।
पुटिनले पुल मर्मत गर्ने कामदारहरूसँग भेटघाट गरेका थिए भने मर्मत गरिएको भागमा गाडी पनि चलाएका थिए ।
आक्रमणमा पुलको चारवटा भाग क्षतिग्रस्त भएको थियो । पुलका कतिपय टुक्राहरू समुद्रमा खसेका थिए । घटनामा तीनजना सर्वसाधारणको ज्यान गएको थियो ।
पुल क्षतिग्रस्त भएपछि युक्रेनमा त्यसको खुशियाली मनाइएको थियो ।
रुसले उक्त आक्रमणको दोष युक्रेन सरकारमाथि लगाएको थियो । तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पुलमाथि आक्रमणको आदेश आफूले नदिएको बताएका छन् ।
उक्त आक्रमणपछि रुसले युक्रेनका महत्त्वपूर्ण संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :
https://rumble.com/v1yzp46-putin-visits-crimean-bridge-drives-across-it.html