१० साउन २०८३, आइतबार

दक्षिण कोरियाको फिल्म हेरेको आरोप लागेका दुई किशोरलाई उत्तरले गोली हानेर मार्‍यो

मंसिर २०, २०७९
दक्षिण कोरियाको फिल्म हेरेको आरोप लागेका दुई किशोरलाई उत्तरले गोली हानेर मार्‍यो

उत्तर कोरियामा दुईजना किशोरलाई दक्षिण कोरियाको फिल्म हेरेको र बेचेको आरोपमा गोली हानी हत्या गरिएको द डेली मेल पत्रिकाले खबर दिएको छ । 

उनीहरूलाई चीन सीमा नजिक रहेको ह्येसान शहरमा एक एयरफील्डमा सामूहिक गोलीको शिकार बनाइएको हो । मृत्युदण्ड गत अक्टोबर महिनामै दिइएको भए पनि त्यसको खबर बल्ल आएर सार्वजनिक भएको हो । 

आफ्नी सौतेनी आमाको हत्या गर्ने अर्का एक किशोरलाई पनि त्यही अवसरमा मृत्युदण्ड दिइएको छ ।

मृत्युदण्ड हेर्नका लागि बाध्य बनाइएका दुईजनाले रेडियो फ्री एसियालाई यसको बारेमा पुष्टि गरेका हुन् । 

उत्तर कोरियामा पश्चिमा झलक आउने सबै किसिमका सामग्रीमा कठोर प्रतिबन्ध लगाइएको छ । 

उत्तरका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई अमेरिकी कठपुतली मान्ने गरेका छन् । दक्षिणबाट आउने कुनै पनि सामग्रीलाई उत्तरले संवेदनशील मान्ने गरेको छ । 

तर प्रतिबन्धका बावजूद दक्षिण कोरियाली फिल्म र सिरिजहरू गोप्य रूपमा पेन ड्राइभमा राखेर उत्तर ल्याइने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्