काठमाडौं २९ साउन– महान्यायाधिवक्ता रमन श्रेष्ठले आइतवार राजीनामा दिएका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका श्रेष्ठले नयाँ प्रधानमन्त्री निर्वाचित भएको दुई महिनापछि राजीनामा गरेका हुन् । यसअघि नै उनले राजीनामा गर्न खोजेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए ।