११ साउन २०८३, सोमबार

संसदीय दलको निर्वाचनबाट पछि हट्दिनँ : गगन थापा

मंसिर २०, २०७९
संसदीय दलको निर्वाचनबाट पछि हट्दिनँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनलाई आधार बनाएर संसदीय दलको हिसाब–किताब नहुने बताएका छन् । देशले परिवर्तन खोजेकाले  सबैले परिवर्तन हुनुपर्ने समेत उनले बताए ।

विराटनगर विमानस्थलमा लोकान्तरसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले देशले युवाको नेतृत्व खोजेको र गतिशील सरकारसमेत खोजेकाले चुनावबाट जितेर आउने माननीयहरूले विचार पुर्‍याउने बताए । ‘१४औँ महाधिवेशनलाई आधार मानेर संसदीय दलमा अंक गणितको हिसाब–किताब गर्नु हुँदैन’, उनले भने, ‘देशले गतिशील परिवर्तन खोज्ने भएकाले सबै माननीयले संसदीय दलको नेता छान्दा ध्यान दिनु हुन्छ भन्नेमा म विश्वस्त छु ।’ 

उनले सरकार पनि गतिशील भनेर खोजेकाले संसदीय दलको नेता आफू हुने दाबी गरे । डा.शेखर कोइरालाले संसदीय दलको निर्वाचनमा सघाउनुहुन्छ ? भन्ने प्रश्नमा महामन्त्री थापाले आफू कोइरालासँग दैनिक सम्पर्कमा रहेको र उनले सघाउने विश्वास व्यक्त गरे । 

उनले संसदीय दलको चुनावबाट पछि नहट्ने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्