१७ असार २०८३, बुधबार

मनोकामना पूरा गराउन हात्तीको मूर्तिमुनि पस्दा झण्डै गएन ज्यान (भिडियो)

मंसिर २०, २०७९
मनोकामना पूरा गराउन हात्तीको मूर्तिमुनि पस्दा झण्डै गएन ज्यान (भिडियो)

आधुनिक युगमा पनि अन्धविश्वास पाल्ने मानिसहरू टन्नै भेटिन्छन् । 

भारतको मध्य प्रदेशको अमरकंटकमा रहेको एक मन्दिरमा त्यस्तै अन्धविश्वास बोक्ने भक्त संकटमा फसेका छन् । 

मन्दिरमा भाकल गरेको कुरा पाएपछि भक्तहरू त्यहाँ रहेको हात्तीको मूर्तिमुनि पसेर निस्कने गर्छन् । त्यसो गर्दा शुभ हुने उनीहरूको विश्वास छ । 

त्यसै गरेका एक युवक मूर्तिमुनिबाट निस्कन खोज्दा त्यसैमा फसेका छन् । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

कमेन्ट गर्नुहोस्