११ साउन २०८३, सोमबार
मन्त्रिपरिषद् बैठक

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

मंसिर २०, २०७९
गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सामग्रीहरूको आयातमा यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

उक्त आयात फुकुवासम्बन्धी निर्णय आगामी पुसदेखि लागू हुने बैठकले निर्णय गरेको छ । उक्त वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रिपरिषदमा राखेका थिए । 

विदेशी मुद्राकाे सञ्चिति घटेपछि सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध यथावत राखिएको थियो । 

सरकारले सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्