०४ साउन २०८३, सोमबार

शानदार जितका साथ पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश

मंसिर २१, २०७९
शानदार जितका साथ पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज राति भएको प्रि(क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६(१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गोल गरे । उनले खेलको १७ औँ, ५१ औँ र ६७ औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३ औँ मिनेटमा पेपे, ५५ औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोलपोष्टमा बल छिराए ।  

स्वीट्जरल्याण्डका लागि ५८ औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एउटा मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले अब मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्