१३ असार २०८३, शनिबार

आलुको बजारीकरणमा जिम्मेवारी लिँदै रामपुर नगरपालिका

मंसिर २१, २०७९
आलुको बजारीकरणमा जिम्मेवारी लिँदै रामपुर नगरपालिका

रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करीब १० क्विन्टल आलु उत्पादन गर्छिन् ।

सबैका घरघरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पथ्र्यो ।

अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लागेका छन् ।
  
‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौं भन्ने समस्याले सधैं सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ,’ उनले भनिन्, ‘अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।’

उनले यस वर्ष करीब २ क्विन्टल आलु लगाएका छन् । उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलुखेती लगाइएको उनले बताइन् । रामपुर–७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएकी छन् ।

बर्सेनि गौतमले करीब १०० क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्छिन् । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ । उनले ५–७ वर्षदेखि व्यावसायिक रूपमा आलुखेती गरिरहेकी छन् ।
 
‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, समयमा नै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो,’ उनले भनिन् ।

किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा ६ रोपनी जग्गामा करीब साढे ६ क्विन्टल खायन आलु लगाएकी छन् । बजार सहज भएमा आलु उत्पादनलाई अझै बढाउँदै जाने उनी बताउँछिन् । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १५ लाख ५० हजार रुपैयाँ बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

‘आलुको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रम शुरू गरिएको छ,’ शाखा प्रमुख पाण्डेयले भने ।

salt training

कमेन्ट गर्नुहोस्