१० साउन २०८३, आइतबार

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

मंसिर २१, २०७९
नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ । बिजनेस, रणनीति, योजना तथा मार्केटिङ र व्यवस्थापनमा राम्रो अनुभव भएका खनाल रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो । 

खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले आफ्नो पदभारसमेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । 

पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको छ । सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स्समेत डिजिटल रुपमा भित्र्याई मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो’ । 

कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सिए सागर खनालको आगमन पछि कम्पनीका सेवा सुविधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्तासम्म पुर्‍याई आगामी दिनमा अझैँ उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ । 

नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरूमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरूसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्र्याउँदै आएको छ । यस रेमिटले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्