३० जेठ २०८३, शनिबार

निर्माता संघमा दीपकराज र रवीन्द्र मनोनित

मंसिर २१, २०७९
निर्माता संघमा दीपकराज र रवीन्द्र मनोनित

नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइरहेका छन् । 

यस्तै, निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनले निर्माण गरेको चौथो फिल्म ‘महापुरुष’ हलमा ४०औँ दिनमा प्रदर्शनरत छ ।

संघको मंगलवार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । ‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको स‌ंगठन बनाउनु हो’, अध्यक्ष खड्काले भने, ‘हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।’ अध्यक्ष खड्काका अनुसार सोही बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । 

संघमा जोडिएपछि निर्माता एवं अभिनेता बानियाँले भने, ‘हाम्रो पेशागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ । हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।’ संघले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेश सभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्