माघ १५, २०७९
अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २.०’को आधिकारिक टिजरले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । शुक्रवार सार्वजनिक टिजरले आइतवार बेलुकासम्म ५ लाख ८० हजार बढी भ्युज पाएको छ । १ मिनेट ४६ ...
नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइरहेका छन् ।
यस्तै, निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनले निर्माण गरेको चौथो फिल्म ‘महापुरुष’ हलमा ४०औँ दिनमा प्रदर्शनरत छ ।
संघको मंगलवार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । ‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको संगठन बनाउनु हो’, अध्यक्ष खड्काले भने, ‘हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।’ अध्यक्ष खड्काका अनुसार सोही बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ ।
संघमा जोडिएपछि निर्माता एवं अभिनेता बानियाँले भने, ‘हाम्रो पेशागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ । हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।’ संघले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेश सभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।
अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २.०’को आधिकारिक टिजरले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । शुक्रवार सार्वजनिक टिजरले आइतवार बेलुकासम्म ५ लाख ८० हजार बढी भ्युज पाएको छ । १ मिनेट ४६ ...
चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ ...
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ले राजनीतिलाई मुख्य विषयवस्तु बनाएको छ । सोमवार चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ, जसमा चुनावको सन्द...
अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा आफूलाई समय भन्दा क्यारेक्टरले अर्थ राख्ने बताएकी छिन् । आइतवार चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को घोषणा कार्यक्रममा बोल्दै उनले क्यारेक्टर बलियो भए ...
पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेमसम्बन्धलाई देखाइएको छ । साथमा पुष्पक...
वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ । ‘काउली’बोलको उक्...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...