०५ साउन २०८३, मंगलबार

नामिबियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

मंसिर २१, २०७९
नामिबियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिबियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।

त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडे । 

नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे ।  त्यस्तै सागर ढकालले  १ विकेट हात पारे । अहिले नेपाल जवाफी ब्याटिङ उत्रिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्