२९ जेठ २०८३, शुक्रबार

बार्सिलोना नजिकै रेल दुर्घटना हुँदा १५५ जना सामान्य घाइते

मंसिर २१, २०७९
बार्सिलोना नजिकै रेल दुर्घटना हुँदा १५५ जना सामान्य घाइते

स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल अपरेटरले बताएका छन् । 

एसईएम क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार बिस्तारै चलिरहेको रेल स्थानीय समय अनुसार बिहान ७ः५० बजे दुर्घटना भएको थियो ।

एसईएमले ट्वीटरमा भनेको छ, “१५५ जना सामान्य घाइते भएका छन्, जसमध्ये ३९ जनालाई स्थानीय स्वास्थ्य केन्द्र वा अस्पतालमा थप परीक्षणका लागि लगिएको छ ।”

बार्सिलोनातर्फ जाँदै गरेको मोन्टकाडा इ रिक्साक–मान्रेसा स्टेसनमा दुई रेल आपसमा ठोक्किएका राज्य रेल अपरेटरका प्रवक्ताले एएफपीलाई बताए । 

क्षेत्रीय दमकल सेवाका प्रवक्ताले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बार्सिलोनाबाट करिब १० किलोमिटर उत्तरमा पर्ने मोन्टकाडा स्टेसनमा रोकिराखेको रेललाई अर्को रेलले ठक्कर दिएको थियो । 

आपतकालिन सेवाका अधिकारी जोन कार्लेस गोमेजले घटनास्थलमा रहेका पत्रकारहरुसँग भने, “रेल निकै बिस्तारै गुडिरहेको थियो तर अर्को रेलमा ठक्कर खाएपछि उभिएका मानिसहरु लडेर घाइते भएका छन् ।”
 

salt training

कमेन्ट गर्नुहोस्