०८ असार २०८३, सोमबार

६३४ चोटि हत्या प्रयास भएको थियो यी राष्ट्रपतिको

कात्तिक २०, २०७४
६३४ चोटि हत्या प्रयास भएको थियो यी राष्ट्रपतिको

काठमाडौं, २९ साउन — क्युबाका पूर्वराष्ट्रपति फिदेल कास्ट्रोको जन्मदिन आज पर्छ । सन् १९५९ मा क्रान्तिमार्फत अमेरिकाको कठपुतली बतिस्ता तानाशाहीलाई सत्ताच्युत गरेर उनी शक्तिमा आएका थिए ।


उनलाई कम्युनिस्ट क्युबाको स्थापना गरेर लामो समय शासन गरेका थिए । आफूलाई अमेरिकाले ६३४ चोटि मार्न खोजेको उनले दाबी गरेका थिए । कहिले विष खुवाएर कहिले गोली हानेर मार्न खोजेको उनले आरोप लगाए । उनीमाथि बनेको डकुमेन्ट्रीमा योलगायत अन्य धेरै खुलासा भएका थिए ।

क्रान्तिअघि फिदेल क्यास्ट्रो वकिल थिए । उनको जन्म १३ अगस्ट १९२६ मा क्युबामा भएको थियो । उनी धनी परिवारमा जन्मेका थिए ।

क्रान्तिअघि उनले तानाशाही सरकारविरुद्ध सन् १९५२ को चुनावमा उभिएका थिए । मानिसहरूले मत दिनुअघि नै मतदान सिध्याइएको थियो ।

जनक्रान्ति शुरु गर्नका लागि क्यास्ट्रोले आफ्ना सयजना साथीहरूका साथ सैनिक ब्यारेकमा आक्रमण गरेका थिए । यस हमलामा फिदेल र उनका भाइ राउल त बाँचे तर अन्य मानिसलाई जेल हालियो ।

बतिस्ताविरुद्ध आन्दोलन गरिरहेर अन्ततोगत्वा फिदेलले सन् १९५९ मा उनलाई सत्ताच्युत गरे ।

अहिले फिदेलका भाइ राउल क्युबाका शासक छन् । क्यास्ट्रोका क्रान्तिकारी आदर्शका साथसाथै उनको जिन्दगीमा जोडिएका अन्य कुरा पनि छन् जसले उनलाई चर्चा दिलायो ।

महिलाहरू सम्बन्ध राख्न पनि उनी प्रख्यात थिए । उनी हरेक दिन दुईजना महिलासँग सम्बन्ध राख्थे भनेर उनका अधिकारीहरूले नै स्वीकार गरेका छन् ।

उनले कुल ३५ हजार महिलासँग सम्बन्ध बनाएको बताइन्छ ।

क्यास्ट्रोका आठजना बच्चा छन् । उनको जेठो छोरो डियाज बलार्टमा बुवाकै झलक पाइन्छ । उनी फिदेलितो नामबाट प्रख्यात छन् र एक आणविक वैज्ञानिक हुन् ।

क्यास्ट्रोको नाममा सबभन्दा लामो भाषणको रेकर्ड पनि छ । सन् १९६० सेप्टेम्बर २९ मा उनले संयुक्त राष्ट्रसंघमा चार घन्टा २९ मिनेट भाषण दिएका थिए । अझ, सन् १९८६ मा उनले क्युबामा सात घन्टा १० मिनेट लामो भाषण दिएका थिए ।

क्यास्ट्रोको गाईको नाममा पनि कीर्तिमान छ । उब्रे ब्लान्सा नामक गाईले सबभन्दा बढी दूध दिएको रेकर्ड छ । एक दिनमा उक्त गाईले ११० लिटर दूध दिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्