×

Dabur
MG

कांग्रेस सुधारको बहस

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् ।

yONNEX
Sagarmatha Cement
Kumari

जब यानबाट उत्रिने समय भयो एक आपसमा मुखामुख गरे । उत्रिँदाको सम्भावित जोखिमबारे अनुमान लगाएर एपोलो ११ बाट आर्मस्ट्रङ्गलाई पहिले उत्रिन दिए । आज उनीहरूलाई संसारले निल जसरी चिन्दैन र उनी सरहको प्रतिष्ठा पनि छैन । उही काम, उस्तै जोखिम र साहस तर अन्तिम कदमले मानव जातिको इतिहासमा चन्द्रमामा पुग्ने पहिलो मानव हुन पाएनन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

अदम्य साहस, जेहेन्दारी र सचेतताको परिणाम थियो निलको पहिलो पाइला राख्ने कदम । र, उनलाई संसारले दिएको सम्मान यसैको पारितोषिक हो ।


Advertisment
Tezz
Berger
Pardeshi

यसबाट प्रमाणित हुन्छ, दुनियाँमा कीर्तिमान नराखी प्रतिष्ठित बनिँदैन र उचित सम्मान पनि पाइँदैन । राजनीति पनि त्यस्तै त हो । संसदीय निर्वाचन सकियो, अब लेखाजोखा शुरू भएको छ । कहाँ के भयो,कसले के गर्‍यो, परिणाम कस्तो आयो । राजनीतिक दल र समाजका अगुवाहरूका आ-आफ्नै विश्लेषण हुन सक्छन् र तर्क एवं निचोड फरक फरक हुन सक्छन् ।

Vianet communication
Laxmi Bank

जसको बुझाई जे भएपनि आमनेपाली मतदाताहरूको पुराना राजनीतिक दलहरूसँग असन्तुष्टि र आक्रोश निरन्तर बढेको देखिन्छ । मतदाताको दिक्दारी निर्वाचनमा व्यक्त अभिमतबाट स्पष्ट झल्किन्छ । परिणाम आइसक्यो, अब यो फेरिँदैन । गठबन्धन भएकाले प्रत्यक्षमा ज-जसको जतिसुकै सीट भए पनि समानुपातिकतर्फ प्राप्त मत नै दलहरूको वास्तविक हैसियत हो । यसलाई हामी सबैले लाज नमानी स्वीकार गर्न सक्नुपर्छ ।

यतिबेला हामी नेपालको सर्वाधिक लोकप्रिय पार्टी रहेनौं । यसोभन्दा तलमाथि पर्छ भनेर संकोच मान्नु हुँदैन । २९ लाख मतदाता थपिँदा २०७४ भन्दा ४ लाख कम मत कसरी आयो, हामी सबै गम्भीर हुनुपर्छ र यहीँबाट काम शुरू गर्नुपर्छ । आजको बहस भने कांग्रेस पार्टीको आन्तरिक संगठनात्मक आयामका बारेमा केन्द्रित गर्नु उपयुक्त हुनेछ ।

जसको बुझाई जे भएपनि आमनेपाली मतदाताहरूको पुराना राजनीतिक दलहरूसँग असन्तुष्टि र आक्रोश निरन्तर बढेको देखिन्छ । मतदाताको दिक्दारी निर्वाचनमा व्यक्त अभिमतबाट स्पष्ट झल्किन्छ । परिणाम आइसक्यो, अब यो फेरिँदैन । गठबन्धन भएकाले प्रत्यक्षमा ज-जसको जतिसुकै सीट भए पनि समानुपातिकतर्फ प्राप्त मत नै दलहरूको वास्तविक हैसियत हो । यसलाई हामी सबैले लाज नमानी स्वीकार गर्न सक्नुपर्छ ।

मूलतः कांग्रेसभित्रको चिन्तन प्रणाली शास्त्रीय र परम्परागत छ । यस समस्याबाट पुरानो पुस्तामात्र होइन, नयाँ पुस्ता समेत आक्रान्त देखिन्छ र कुनै जोखिम लिन तयार देखिँदैन । हामीले एउटा कुरा के बुझ्नुपर्छ भने फगत सिद्धान्त र नाराले मात्र परिणाम दिँदैन । हामी नारावादी मात्र देखियौं, तदनुकूलको व्यावहारिक अग्रसरता पटक्कै भएन ।

म मेरो संस्था या देशलाई निश्चित समयमा निश्चित ठाउँमा पुर्‍याउँछु भन्ने संकल्प नै देखिएन । बीपीले १५ वर्षभित्र सबै नेपालीहरूलाई आफूसरह बनाउँछु भनेको होइन र ! पहिलो कुरा त कार्यसूची खोइ ? अनि परिणाम आउँछ कसरी ? पैतृक सम्पत्तिमा २/३ पुस्ताले ढलिमलि गरेर अन्तिममा सुकुम्बासी भएजस्तो पौरख र आर्जन छँदैछैन । कुनै 'प्राइम टार्गेट' छैन । दलभित्रको आन्तरिक जीवन प्रणाली सुधार्नमा कसैको ध्यान छैन । जता हेर्‍यो उतै भ्वाङ परेको छ, सामान्य टालटुल समेत छैन । र, एकै शब्दमा भन्नुपर्दा अहिले पार्टीलाई जीर्णोद्दार गर्नुपर्ने प्राथमिक आवश्यकता छ । तर गर्ने कसले ? कसैको प्राथमिकतामा यो काम पर्दैन ।

२०४६ साल यता विस्तारित ठूलो संगठनलाई व्यवस्थापन गर्न कसैको पनि ध्यान गएको देखिएन । निरन्तरको सत्ता प्राप्तिले पार्टीका मूल खेलाडीहरूको ध्यान पार्टी संगठनभन्दा सत्ताको आमोदप्रमोदमा केन्द्रित भयो । संगठन धार झरेको हतियार जस्तो भुत्ते भयो । संगठनका जिम्मेवार व्यक्तिहरूको दृष्टि बिल्कुलै संगठनबाहिर केन्द्रित भयो ।

यस्तो चालाले हामीलाई कहाँ पुर्‍याउँछ? भर्खरै सम्पन्न चुनाव र दलहरूको आकस्मिक उदयले गरेका संकेतहरू निकै खतरनाक देखिन्छन् । यस आँधीबाट जोगिने कसरी ? वर्षातमा आउने बाढी पहिरोबाट जोगिन समयमै होश पुर्‍याएजस्तै चुनावी हुण्डरीबाट जोगिन त केही गरिएन नै, अब त गर्नु पर्ला नि! तर यस विषयमा कसैको ध्यान गएको पाइँदैन । यो निकै दु:खद पक्ष हो । माथि नै चर्चा भइसक्यो जसले अग्रसरता लिन्छ, त्यही नेता हो ।

व्यक्ति, संस्था वा राष्ट्रले समाजका घटनाक्रमहरूलाई बेवास्ता वा नजरअन्दाज गर्नु हुँदैन । यस्ता घटना भविष्यका संकेत हुन् । नेपालको राजनीतिमा पछिल्ला घटनाक्रमले गम्भीर संकेत गरेको छ । यसले पुराना दलहरूलाई अन्तिम चेतावनी दिएको छ । अब के हुन्छ त? दलहरूमा होस आउँछ त? देश बनाउने कहिलेबाट ? क्रान्ति भनेको फगत राजनीतिक द्वन्द वा संघर्ष मात्रै होइन । स्वामी विवेकानन्दले भनेका छन्, 'क्रान्तिका लागि युवाहरू तयार हुनुपर्छ अर्थात् क्रान्ति युवा चाहनामा निर्भर हुन्छ । मलाई जम्मा एक सयजना सक्षम युवाको मात्र खाँचो छ, त्यति भए भारत बन्छ ।

'यसको मतलव देशको उन्नति भन्न खोजेको हो । हामी सबैले क्रान्ति भन्नाले राजनीतिक परिवर्तनका लागि गरिने संघर्ष मात्र बुझ्छौं । समाज बहुआयामिक छ र आर्थिक, सामाजिक एवं सांस्कृतिक सबलताले मात्रै सम्पूर्ण क्रान्ति पूरा हुन्छ भन्ने कुरा बिर्सन्छौं । नेपालको राजनीतिले देशको आवश्यकता र जनचाहनालाई सम्बोधन गर्न नसकेकाले इतिहासका विभिन्न कालखण्डमा थरीथरीका विद्रोहको सामना गर्नुपरेको हो । २००७ सालको क्रान्तिपश्चात् पनि धेरैपटक जनविद्रोह भएको छ, शासन सत्ता बदलिएका छन् । यही फेरबदलको पछिल्लो कडी हो, संघीय लोकतान्त्रिक गणतन्त्र । त्यसैले मूल रूपमा हामी सबैले बुझ्नुपर्ने कुरा भनेको नेतृत्वले नै सही बाटो देखाउने हो । र समाजलाई डोर्‍याउने हो । तर नेतृत्वमा सपना, योजना र कहिलेकाहीँ कठोरता पनि चाहिन्छ ।

अब प्रश्न उठ्छ कि डोर्‍याउने कसरी ? कुनै पनि परिवारको अभिभावकले आफ्नो दायित्व निर्वाह गरिरहेको हुन्छ । उसको उमेर ढल्किदै जान्छ, स्वास्थ बिग्रिँदै जान्छ र कार्यक्षमतामा ह्रास आउँदै जान्छ । त्यतिबेला परिवारका योग्य सदस्यले जिम्मेवारी लिँदै जानुपर्छ । घरमूलीले पनि दायित्व हस्तान्तरण गर्दै जानुपर्छ । राजनीतिक दल वृहत परिवार हो । जसलाई सबै सदस्यहरूले आफ्नो निजी परिवारभन्दा ज्यादा महत्त्व दिएका हुन्छन् ।

सम्पूर्ण सदस्यको योग्यता, मेहनत र समर्पणले एउटा दल वा संस्था उभिएको हुन्छ । उसको प्रतिष्ठालाई दलका सदस्यहरूले थेगेका हुन्छन् । त्यस दलको मूलीलाई अरू होनहार सदस्यले सम्झाउन, बुझाउन र सघाउन सक्नुपर्छ । एउटा सच्चा घरमूलीले यो कुरा बुझ्छ र आफ्नो शेषपछिको अवस्थाको चिन्ताले परिवारको योग्य सदस्यलाई जिम्मेवारी सुम्पिन्छ । यसको अर्थ सबै मिलेर पारस्परिक सल्लाहमा काम गर्नुपर्छ भन्ने हो । तर यसका लागि जिम्मेवारी लिने नयाँ सदस्यले जेहेन्दारी देखाउनै पर्छ । यसका लागि सकभर सहमति नत्र प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ ।

यतिबेला कांग्रेसभित्र क्रियाशील नेतृत्वका विषयमा ठूलो चिन्ता व्याप्त छ, खासगरी महाधिवेशन पश्चातको कार्यसम्पादनका विषयमा । हामी सबैले बुझेको कुरा हो, हाम्रा पुर्खाहरूले ठूलो जोखिम उठाएर देश जोगाएको र बनाएको हो । यसका निम्ति भएको बलिदानको कथा निकै साहसिक, गौरवशाली र क्रान्तिकारी छ । अहिले चर्चा गर्न खोजिएको कुरा त्यो स्तरको होइन । हामीले त हाम्रो दल सुधार्ने कुरा मात्र गरेको हो ।

यतिबेला कांग्रेसभित्र क्रियाशील नेतृत्वका विषयमा ठूलो चिन्ता व्याप्त छ, खासगरी महाधिवेशन पश्चातको कार्यसम्पादनका विषयमा । हामी सबैले बुझेको कुरा हो, हाम्रा पुर्खाहरूले ठूलो जोखिम उठाएर देश जोगाएको र बनाएको हो । यसका निम्ति भएको बलिदानको कथा निकै साहसिक, गौरवशाली र क्रान्तिकारी छ । अहिले चर्चा गर्न खोजिएको कुरा त्यो स्तरको होइन । हामीले त हाम्रो दल सुधार्ने कुरा मात्र गरेको हो ।

दललाई व्यवस्थित बनाउन सकेमात्र लोकतन्त्रको रक्षा हुन्छ । नत्र न प्रणाली रहन्छ, न दलको भविष्य ! राजनीतिक दल एउटा साधन मात्र हो, जसलाई व्यवस्थापनले सुसज्जित बनाउने हो । हाम्रा अग्रजहरूको ठूलो त्याग र बलिदानबाट कांग्रेस जन्मिएको र जोगिएको हो । त्यसैले पार्टीभित्रको कार्यकारी अधिकारसहितको नेतृत्व पंक्ति जसको काँधमा जिम्मेवारीको भारी छ, सम्पूर्ण देश व्यग्र प्रतिक्षामा छ, कहिले होला पार्टी व्यवस्थापनको शुरुआत ? भ्रातृसंस्था कहिले ठीकठाक होलान् ? पार्टीका सदस्यहरू नेतृत्वसँग आश्वस्त हुने दिन कहिले आउला ? पार्टीले संस्थागत रूपमा कहिलेदेखि काम गर्ला ? दण्डहीनताको अन्त्य कहिले होला ? कसले राम्रोसँग घर सम्हाल्देला ? यिनै विषयले पार्टी कार्यकर्ता पिरोलिएका छन् । यसको समाधान जिम्मेवारीमा रहेको युवा पुस्ताले दिन सक्नुपर्छ । पार्टीको चौधौं महाधिवेशनको परिणामले निकै आशा जगाएको हो ।

घटनाक्रमहरूले कार्यकर्ताको आशालाई सम्बोधन गर्न सकिरहेको छैन । यसमा देखिनुपर्ने जेहेन्दारी देखिएको छैन, किन ? केले रोक्यो जेहेन्दारी देखाउन ? संसदीय निर्वाचनको उम्मेदवारी वितरण यसको ज्वलन्त दृष्टान्त हो । देशभरिका होनहार युवा किन उपेक्षामा परे ? त्यसैले कसैले नमागेको सल्लाह के छ भने दल सुधार्नका लागि प्राप्त मौकालाई सदुपयोग गरिहाल्नुपर्छ । रिचर्ड निक्सन भन्छन्, 'जब मौका आउँछ, तमाशा हेर्नु हुँदैन । नेतृत्वलाई तमाशे बन्ने सुविधा हुँदैन ।' यसको मतलब त काम गर्नुपर्छ भन्ने न हो । नेतृत्व यस विषयमा सचेत हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ २०, २०८०

अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...

भदौ २७, २०८०

मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाले गर्दछ । शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने गर्दछ । आजको हाम्रो आवश्यकता शिक्षामा पहुँच विस्तार मात्र नभई सबै शिक्षण संस्थाहरूमा विद्यार्थीले गुणस्तरी...

भदौ ४, २०८०

सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...

भदौ २०, २०८०

कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

भदौ १५, २०८०

पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x