२३ जेठ २०८३, शनिबार

जनकचोकको कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति

मंसिर २४, २०७९
जनकचोकको कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति
प्रतिकात्मक तस्वीर

जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करीब २० लाखको क्षति भएको छ ।

स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा शुक्रवार राति करीब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करीब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्