०१ असार २०८३, सोमबार

मेलम्चीको पानी वितरणपछि पनि काकाकुल नै छ काठमाडौं ! [फाेटाेफिचर]

मंसिर २४, २०७९
मेलम्चीको पानी वितरणपछि पनि काकाकुल नै छ काठमाडौं ! [फाेटाेफिचर]

मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण गरिएको छ । तर उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छ । लामो लाइन लागेर सार्वजनिक धाराहरूमा पानी थाप्ने मानिसहरूको संख्या आज पनि उल्लेख्य देखिन्छ । 

पानी वितरण शुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरूको भीड छ । पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ । पानीको अभाव खड्किरहने काठमाडौं उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महशुस गर्नुपर्ने हो । 

शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रूपमै भए पनि १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाएका थिए । तर, मेलम्चीको पानी काठमाडौं आइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभूति गर्न सकेका छैनन् । मेलम्चीको पानी महाँकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ । 

तर सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको लाइन कम देखिँदैन । मेलम्चीको पानी वितरणअघि काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर मात्रै रहेको थियो । शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ । तर, उपत्यकाबासीले सोचेजसरी पानी उपभोग गर्न पाउने सपना भने मेलम्चीले पनि पूरा गर्ने देखिदैन । 

 

salt training

कमेन्ट गर्नुहोस्