०८ साउन २०८३, शुक्रबार

समानुपातिक सांसदको सूची ४ बजेसम्म आयोगमा बुझाउनुपर्ने, अधिकांश दल छलफलमा

मंसिर २४, २०७९
समानुपातिक सांसदको सूची ४ बजेसम्म आयोगमा बुझाउनुपर्ने, अधिकांश दल छलफलमा

निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज (शनिवार) दिउँसो चार बजे सकिँदैछ । शनिवार दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको सूची आयोगलाई बुझाउनुपर्ने भए पनि दलहरू भने शनिवार मात्र आन्तरिक छलफलमा जुटेका छन् । अधिकांश राजनीतिक दलहरूले हालसम्म सांसदको टुंगो लगाउन सकिरहेका छैनन् । 

हालसम्म सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मात्र समानुपातिक सांसदको टुंगो लगाएका छन् । 

समानुपातिकतर्फ सबैभन्दा ठूलो दल भएको नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हालसम्म समानुपातिक सांसदको टुंगो लगाउन सकेका छैनन् । ती सबै दल अहिले आन्तरिक छलफलमा जुटिरहेका छन् । सबै दलकाे अहिले बैठक बसिरहेकाे छ । 

अधिकांश पार्टीमा सांसद छनाेटकाे विषयलाई लिएर विवाद देखिएकाे छ । आकांक्षी धेरै बन्दा शीर्ष नेताहरू दबाबमा परेका छन् । सबै दलभित्र बन्दसूचीमा रहेका नेताहरूले नाम सिफारिस गर्न शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन् । 

कुन दलले कति सिट पाए ? 

salt training

कमेन्ट गर्नुहोस्