
नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ जना सांसद चयन गरेको हो ।
एमालेबाट खसआर्य महिलातर्फ जानकी न्यौपाने (रूपन्देही), वसन्ती न्यौपाने (बाँके) चयन भएका छन् । त्यस्तै खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु), आदिवासी जनजाति महिलाबाट सरिता पुन (रुकुम पूर्व), यमुना रोक्का तामाङ (रोल्पा) चयन भएका छन् ।
त्यस्तै थारूबाट सीता चौधरी (दाङ), भगवती कुमारी थरूनी (रूपन्देही), दलित इन्द्रकुमारी गलतराज (पाल्पा), रेखाकुमारी शर्मा (दाङ), मधेशी शान्ति लोध (रुपन्देही) अल्पसंख्यक र मुस्लिम रासा बानु (बाँके) चयन भएका पार्टीले जनाएको छ । लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल हो । सभामा एमालेका २९ सांसद हुनेछन् ।