२८ जेठ २०८३, बिहीबार

मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई ‘कर्ण श्री’ सम्मान

मंसिर २४, २०७९
मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई ‘कर्ण श्री’ सम्मान

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई कर्णकुम्भ सम्मेलनमा ‘कर्ण श्री’ सम्मान सम्मानित गरिएको छ । कायस्थ जातिको महाभेलाको रूपमा प्रख्यात कर्ण कुम्भ–२०७९ को अवसरमा काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित २ दिवसीय विशेष कार्यक्रमबीच अध्यक्ष डा.दत्तको सुशासन तथा शिक्षाको क्षेत्रमा अमूल्य योगदान रहेकोले सो सम्मान प्रदान गरिएको हो । 

आयोगका अध्यक्ष डा.दत्तले कायस्थहरु भगवान श्री चित्रगुप्त को सन्तान रहेकोले गर्दा कलम आशिर्वादको रुपमा पाएको र आफूहरु जनसंख्यामा कम भए पनि शिक्षा र सरकारी सेवाको क्षेत्रमा सधै अग्रस्थानमा रहेको बताए । 

कायस्थ जातिमा संवैधानिक निकायको प्रमुख पदमा पुग्ने पहिलो व्यक्ति रहेका डा.दत्तको सचिवालयले जानकारी दिएको छ । सो कार्यक्रममा पूर्वप्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्रलाल, लोकेन्द्र मल्लिकलगायत कायस्थ जातिका अगुवाहरूको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्