०६ असार २०८३, शनिबार

सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

मंसिर २४, २०७९
सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज (शनिवार) फेला परेका हुन् ।

महतको शव परीक्षणका लागि त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्