हिमाचल प्रदेश विधान सभा चुनावमा बहुमत ल्याएको भारतीय कांग्रेस पार्टीले सुखविंदर सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । शनिबार बसेको सो दलको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
चार पटक विधायक र कांग्रेसको पूर्व प्रदेश अध्यक्ष समेत रहिसकेका नेता सिंह हिमाचल प्रदेशका १५ औं मुख्यमन्त्री बन्नेछन् । साथै नेता मुकेश अग्निहोत्री उपमुख्यमन्त्री हुनेछन् ।
सो दलका नेता प्रतिभा सिंह पनि मुख्यमन्त्री पदकालागि दौडधुपमा रहेकी थिइन् । तर उनको पक्षमा माहोल बन्न सकेन । आज आइतबार भारतको सिमलाको रिज मैदानमा दिउँसो १ः३० बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । मुख्यमन्त्रीले शपथ लिएपछि चाँडै मन्त्रीहरुको पनि निर्णय हुनेछ ।