१० साउन २०८३, आइतबार

स्काभेटर दुर्घटनामा तीनको मृत्यु, तीन बेपत्ता

मंसिर २५, २०७९
स्काभेटर दुर्घटनामा तीनको मृत्यु, तीन बेपत्ता

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकां १ को अधेरीखोलामा शनिबार साँझ स्काभेटर (जेसीबी) दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा तीन जना कर्णाली नदीमा वेपता भएका छन् । थप दुई जना घाईते भएको स्थानीयले बताएका छन् । 

फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको छ छैन भनि हेर्न गएको जेसीबी फिर्ता आउनेक्रममा दुर्घटना भएको थियो । स्काभेटर कर्णाली करिडोरबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका १ का ३० वर्षीय चरित्र सार्की, वडा २ वस्ने १६ वर्षीय युवराज वुढा र रास्कोट नगरपालिका वडा ७ बस्ने २२ वर्षीय मिलन शाही रहेको प्रहरीको भनाइ छ । 

स्काभेटर कर्णाली करिडोरवाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनामा परी चालकसहित तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्काभेटरमा रहेका अन्य दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुबराज बमले  जेसीबी सुरुङमा पानी जमेको छ छैन भनेर हेर्न जानेगरेको र फिर्ता हुनेक्रममा शनिबार भीरवाट खसेको उनले बताए । नदीमा बेपत्ता हुनेमा जेसीबी चालक कैलाली घर भएका  अन्दाजी २३ वर्षीय कमल भनेर चिनिने मंगल सोडारी, सान्नीत्रिवेणी गाउँपालिका १ का १९ वर्षीय उमेश गिरी, र सोही ठाउँका १४ वर्षीय रक्तिम सार्की रहेका छन् । 

दुर्घटनामा परी घाइते भएका कालीकोट खाँडाचक्र नगरपालिका ११ बस्ने १४ वर्षीय बिकास भारती र सोही ठाउँका १४ वर्षीय आशिस भारती रहेका छन । ४८० मेगावाट बिधुत उत्पानका लागि अहिले सुरुङ खन्ने काम भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्