२४ जेठ २०८३, आइतबार

मंसिर अन्तिमदेखि वीरगञ्ज खाद्यले धान खरिद गर्ने

मंसिर २५, २०७९
मंसिर अन्तिमदेखि वीरगञ्ज खाद्यले धान खरिद गर्ने
फाइल तस्बिर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज कार्यालयले मंसिर महिनाको अन्तिमदेखि किसानका धान खरिद गर्ने जनाएको छ । लिमिटेड वीरगञ्ज कार्यालयका सूचना अधिकारी समीर दाहालले धान खरिदका लागि आफूहरु तयारी अवस्थामा रहेको बताए ।

लिमिटेड वीरगञ्ज कार्यालय प्रमुख विकास कटुवालले सरकारले समर्थन मुल्य तोक्न ढिलाइ गरेकाले धान खरिदमा पनि केही ढिला हुन गएको बताए । हालसम्म बजेट र निर्देशन दुबै आइनपुगेकाले धान खरिदमा ढिलाई भएको उनले प्रष्ट पारे ।  

सरकारले कृषकको धान समयमै खरिद नगर्दा किसानहरु सस्तोमा धान बेच्न बाध्य भएका छन् । किसानले उत्पादित धान अहिले बिचौलियाले खरिद गरेर स्टक राख्नेगरेका छन् । सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३१ सय ५० रुपियाँ तोकेको छ । तर किसानहरुले २४ सय रुपियाँमा विचौलियालाई बेचिरहेका छन् ।

लिमिटेडले अन्यत्र विचौलियालाई धान नबेच्न किसानहरुलाई आग्रह गरेको छ । २५ क्वीन्टल सम्म धान ल्याउने कृषकको २ दिनभित्र धान खरिद गरिदिने लिमिटेडले गरेको छ । गँहुखेतीका लागि जोताइ, मल बिऊ किन्नका लागि किसाहरुले धान बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् । लिमिटेडले समयमै धान खरिद नगर्दा किसान मारमा परेको स्थानीय किसान बल्हिया यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्