१० साउन २०८३, आइतबार

फिनल्यान्डमा रुसको झण्डा जलाइएपछि मस्कोले जनायो कठोर प्रतिक्रिया (भिडियो)

मंसिर २५, २०७९
फिनल्यान्डमा रुसको झण्डा जलाइएपछि मस्कोले जनायो कठोर प्रतिक्रिया (भिडियो)

फिनल्यान्डको स्वतन्त्रता दिवसको अवसरमा गत साता आयोजित एक आमसभामा रुसको झण्डा जलाइएपछि रुसी अधिकारीहरूले फिनल्यान्डसमक्ष आधिकारिक विरोध दर्ज गरेका छन् । 

यस्तो अपराध गर्नेहरूलाई न्यायको कठघरामा उभ्याउन अनि भविष्यमा यस्तो अतिवादी व्यवहार रोक्नका लागि उपाय अपनाउन रुसको परराष्ट्र मन्त्रालयले बयान जारी गरेर जनाएको छ । 

झण्डा जलाइनु रुसको आस्थामाथिको प्रहार भएको उसको भनाइ छ । 

फिनल्यान्डको स्वतन्त्रता दिवसको खुशियाली मनाउँदै गर्दा केही व्यक्तिहरूको समूहले रुसको राष्ट्रिय झण्डा बोकेर जलाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो । यससँगै फिनिशहरूले रुसीहरूका विरुद्ध अपमानजनक नारा लगाएको पनि सुनिएको थियो । 

फिनल्यान्डले डिसेम्बर ६ मा स्वतन्त्रता दिवस मनाउने गरेको छ । सन् २०१७ मा बोल्शेभिक क्रान्तिपछि रुसी साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेको आधिकारिक घोषणा गरिएको थियो । 

रुस र फिनल्यान्डबीच १३ सय ४० किलोमिटर स्थलसीमा छ । वर्षौंसम्म तटस्थताको नीति अपनाएको फिनल्यान्डले युक्रेनमाथि रुसको आक्रमणसँगै पश्चिी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि निवेदन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्