२४ असार २०८३, बुधबार

जब मोदी सडकमा ओर्लेर ढोलक बजाए [भिडियो]

मंसिर २५, २०७९
जब मोदी सडकमा ओर्लेर ढोलक बजाए [भिडियो]

महाराष्ट्रका विभिन्न कार्यक्रममा सहभागी हुन नागपुर पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ढोकल बजाएका छन् । प्रमुख अतिथिको रूपमा मेट्रो रेल उद्घाटन गर्न पुगेका मोदीको स्वागतका लागि ब्याण्ड बाजा बजाइएको थियो । त्यही क्रममा मोदी एकछिन एकजना वाद्यवादकले बोकेको ढोलक बजाएका हुन् । 

भारतीय समाचार संस्था एएनआइले पोष्ट गरेको छोटो भिडियोमा मोदीले हातमा डण्डी समातेर ढोकल बजाउन लागेपछि अरु वाद्यवादक उत्साही भएका देखिन्छ । ‘सबका साथ सबका विकास’ नारासहित दोस्रो कार्यकालको प्रधानन्त्री रहेका मोदी सार्वजनिक कार्यक्रमहरूमा सामान्य मानिससँग अन्तरक्रिया गर्ने गर्छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्