२८ जेठ २०८३, बिहीबार

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथ ग्रहण

मंसिर २५, २०७९
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथ ग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते बसेको ४७२औँ सञ्चालक समितिको बैठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन् । 

salt training

कमेन्ट गर्नुहोस्