जेठ २६, २०८०
प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिकरुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरू...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्लासमेत रहेको झापामा सांसदको लर्काे लागेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरेर ३१ जना सांसद बनेका छन् । झापामा प्रत्यक्षभन्दा समानुपातिकतर्फ धेरै सांसद बनेका छन्
।
समानुपातिकमा दलहरुले बुझाएको बन्दसूचीमा समावेश भएका नामहरूको आधारमा झापाबाट सांसदको सख्या अन्य जिल्लाको तुलनामा धेरै रहेको छ । प्रतिनिधि सभामा ५ वटा र प्रदेश सभामा १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट प्रत्यक्षमा १५ जना निर्वाचित भएका छन् । १६ जना समानुपातिकबाट निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा १० जना समानुपातिकबाट निर्वाचित हुनका लागि सिफारिसमा परेका छन् ।
समानुपातिकबाट प्रतिनिधि सभामा सिफारिस हुनेहरूमा हुनेहरूमा कांग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी छन् । यस्तै, राप्रपाले झापाबाट इन्दिरा राना मगर र निशा डाँगीको नाम आयोगलाई बुझाएको छ ।
प्रदेश सभातर्फ समानुपातिकमा चार दलले १० जनाको नाम सिफारिस गरेका छन् । एमाले, कांग्रेस र राप्रपाले तीन÷तीन जनाको नाम प्रदेश सभामा निर्वाचित गर्नका लागि सिफारिस गरेका हुन् । माओवादी केन्द्रले एक जनाको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।
एमालेले प्रदेश सभा समानुपातिकमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमालको नाम निर्वाचित गर्न सिफारिस गरेको छ । कांग्रेसले उद्धव थापा, मोहन महर्जन र लखकुमारी गणेश तथा राप्रपाले निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले झापाबाट बन्दना झाँगडलाई प्रदेश सभामा सिफारिस गरेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गरेको छैन । यद्यपि, दलहरूले गरेको सिफारिस अन्तिमसरह हो । केही कानूनी अड्चन बाहेकको अवस्थामा दलहरूले निर्वाचित गर्न गरेको सिफारिसकै आधारमा आयोगले घोषणा गर्नेछ ।
एमालेले प्रदेश १ मा समानुपातिकबाट १५ सांसद पाएको छ भने कांग्रेसले १२ र माओवादी केन्द्रले १ सांसद पाएको छ ।
प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिकरुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरू...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले फेरि सभापति हुन्छु नभनेको स्पष्ट पारेका छन् । नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले सबै मिलेर प्...
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज आयोज...
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्था अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन् । शुक्रवार प्र...
सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले शुक्रवार ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...