२४ असार २०८३, बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंसिर २५, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ भौसडी बस्ने ३७ वर्षीय सादुराम राना, ३३ वर्षीय हरि शंकर वोट र २० वर्षीय दीपक वोट रहेका छन् । उनीहरूलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।  

सादु राम रानाले ती किशोरीलाई गत भदौमा ललाई–फकाई सोही ठाउँस्थित उखुवारीमा र हरि शंकर तथा दिपकले गत असोज महिनामा सोही ठाउँस्थित आँपबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्