०७ साउन २०८३, बिहीबार

अध्यादेश ल्याउने निर्णय फिर्ता लिन लामिछानेको आग्रह

मंसिर २६, २०७९
अध्यादेश ल्याउने निर्णय फिर्ता लिन लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले मुद्दा फिर्ता गर्नेगरी ल्याउने निर्णय गरेको अध्यादेशको विरोध गरेका छन् । उनले त्यो निर्णय सरकारलाई तत्काल फिर्ता लिन आग्रह समेत गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीट र आफ्नो व्यक्तिगत आइडी फेसबुकमा स्टाटस पोष्ट गर्दै सभापति लामिछानले त्यसको विरोध जनाएका हुन् । उनले लेखेका छन्, “अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? एक हप्ता ? दुई हप्ता ? तीन हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र ?”

अब बन्ने नयाँ संसदले गर्नुपर्ने काम सरकारले अध्यादेश ल्याएर गर्ने भन्नु जनादेशको मर्म मिच्नु हो उनको तर्क छ । लामिछानेले ट्वीटमा भनेका छन्, “एक दुई हप्ता पनि कुर्न नसकिने ? या अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ । नयाँ ससदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो  यो तत्काल फिर्ता हुनुपर्छ ।”

salt training

कमेन्ट गर्नुहोस्