१० साउन २०८३, आइतबार

यस्ता ट्रक चालकको निधन ! ६ पत्नी र ५४ बच्चा पाल्नमै बित्यो जिन्दगी

मंसिर २६, २०७९
यस्ता ट्रक चालकको निधन ! ६ पत्नी र ५४ बच्चा पाल्नमै बित्यो जिन्दगी

ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ ।

पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ ।

उनका ५४ बच्चा भएका थिए, जसमध्ये १२ जनाको निधन भइसकेको छ भने ४२ बच्चा जिउँदैछन् । जीवितमध्ये २२ छोरा र २० छोरी छन् ।

उनका छोरा शाह वलीले भने, ‘५४ बच्चाको आवश्यकता पूरा गर्नु सजिलो काम हुँदैन तर हाम्रो बुवा पूरै जिन्दगी यसै काममा लाग्नुभयो, बुढेसकालमा पनि मृत्यु हुनुभन्दा ५ दिनअघिसम्म उहाँ परिवारको रोजीरोटीका लागि गाडी चलाउँदै हुनुहुन्थ्यो ।’

ठूलो परिवारको आवश्यकता पूरा गर्न बुवाले कहिल्यै पनि आराम नगरेको वली बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्